Powered by Blogger.
डा. केसीको जीवन रक्षाको माग गर्दै हेटौँडामा ¥याली

मकवानपुर, १५ मंसिर  /  विगत १७ दिनदेखि दशौंपटक आमरण अनशनमा बस्नुभएका प्रा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै  मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज ¥याली निकालेका छन । 
चिकित्सक संघ मकवानपुरको आयोजनामा मकवानपुरका स्वास्थ्यकर्मीहरुले ¥यालीको निकालेका हुन् । हेटौडा अस्पतालबाट निकालीएको ¥याली रापतिरोड, बुद्धचोक, सिमाचोक भएर पूनः बुद्धचोकमा पुगेर समापन भएको थियो ।  
नेपाली चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति नियन्त्रणका लागि संघर्षरत प्राध्यापक डा. गोविन्द केसीको मागलाई समर्थन गर्ने क्रम बढेको छ ।
तस्विरःराज सापकोटा

0 comments

Write Down Your Responses