Powered by Blogger.
उत्तरी थाहा नगरलाई २ वर्ष भित्रमा बालमैत्री नगर बनाउने : परियार

जनक लामा 
मकवानपुर,१५ मंसिर / आर्थिक वर्ष २०७४/०७५ भित्रमा मकवानपुरको उत्तरी थाहा नगरलाई बालमैत्री नगर बनाउने थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले प्रतिवद्धता जनाउनु भएको छ । २ दिन सम्म थाहामा सञ्चालित बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापनलाई संम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 
बालबालिकाको १० प्रतिशत बजेटलाई एकमुष्ट रुपमा प्रयोग नगरी कार्ययोजना बनाएर अगाडी बढ्ने बताउदै यस कार्यको लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र थाहानगर पालिका कार्यालयको संमन्वय र विजय विकास स्रोत केन्द्र भिडिआरसीको आयोजना र युनिसेफको सहयोगमा अभिमुखीकरण कार्यक्रम भएको हो ।
 बालमैत्री स्थानिय शासन क्षेत्रिय तालिम सहजकर्ता विष्णु प्रसाद चौबे र भिडिआरसीका टंकाज कंडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा थाहा नगरका बालमैत्री स्थानीय शासन फोकल पर्सन, सामाजिक परिचालक, संयुक्त वडा सेवा केन्द्रका सचिव तथा नगर स्थित रजनीतिक दलको प्रतिनीधि, नगर स्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
 सो कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिनको लागि सहभागीहरुले जोड दिएका थिए ।

0 comments

Write Down Your Responses