Powered by Blogger.
गुफादेवीमा उत्तम प्यानलको जीत

 मनहरी,१५ मंसिर /  मकवानपुरको सरिखेत गाविस १ मा रहेको गुफादेवी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व चयनका लागि निर्वाचन भएको छ । 
बुधवार भएको निर्वाचनमा अध्यक्ष पदमा उत्तम वाइबा ११४ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कुलबहादुर मुक्तानलाई २३ मतले पछि पार्दै बिजय हासिल गरेका हुन् । अध्यक्षका अर्का प्रत्यासी पदम स्याङ्तानले भने १० मत मात्रै प्राप्त गरे । राजनीतिक रुपमा बिभाजित भई गरिएको चुनावमा बिजयी भएका वाइबा नेकपा एमाले समर्थित हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसनिकट उम्मेदवार हुन् । स्याङ्तान भने माओवादीका उम्मेदवार हुन् ।
त्यसैगरी उपाध्यक्षमा गणेश मुक्तान बिजयी भए ।११५ मत प्राप्त गरी बिजयी भएका उनी बाइवा प्यानलका हुन् । उनका निकटमत प्रतिद्वन्द्वी भीमबहादुर जिम्बाले ९३ मत प्राप्त गरे । सचिव पदमा शुसीला स्याङ्तान निर्विरोध भएकी छिन् । कोषाध्यक्ष पदमा वाइबा प्यानलकै प्रताप स्याङ्तानले १२३ मत प्राप्त गरी प्रतिद्वन्द्वी लक्ष्मण स्याङ्तानलाई २८ मत अन्तरले पराजित गरेका छन् । कूल २३५ मत खसेकामा १० मत बदर भएको थियो । 

0 comments

Write Down Your Responses