Powered by Blogger.
इन्द्रसरोवर गाउँपालिकामा संविधान कार्यान्वयन अभियान टोलीका चुनिए कमाण्डरहरु

मकवानपुर,१५ मंसिर  / संविधान कार्यन्वयनको लागि नेकपा एमालेको जन परिचालन अभियान अन्तर्गत मंगलबार मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सम्पन्न भेलाले गाउ ँस्तरका कमिटिहरु मार्फत अभियान थप सशक्त बनाउने निर्णय गरेको छ । 
मकवानपुर २ नम्बर क्षेत्रका सांसद तथा एमाले नेता सुभाषचन्द्र ठकुरीको प्रमुख आतिथ्यमा भएको भेलाले साविक गाउँ कमिटिहरु मार्फत संविधान कार्यान्वयनको लागि जनपरिचाल नगर्न समितिहरु बनाएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान इन्द्रसरोवर गाउँपालिकाका संयोजक मदन दाहालको अध्यक्षताम ाभएको भेलाले मार्खु गाउँ कमिटिको बैठक मंसीर १८ गते गर्ने र योजना निर्माण भेला मंसीर २५ गते गर्ने निर्णय भएको छ । भेलाले मार्खुमा अभियान प्रमुख देवकृष्ण पुडासैनीलाई तोकेको छ भने सदस्यहरुमा झमक लाल बलामी, राजु बस्नेत र लक्ष्मी रिमाल चुनिएका छन् ।
त्यसैगरी कुलेखानी गाउँ कमिटिको बैठक मंसीर १९ गते तथा योजना निर्माण भेला मंसीर २६ गते गर्ने निर्णय भएको छ । कुलेखानीमा अभियान प्रमुख जिवन लामा तथा सदस्यहरुमा प्रताप लामा, बैकुण्ठ थापा, कृष्ण बहादुर भ्लोन, ज्ञानी लामा, बिनोद सापकोटा र रत्नबहादुर थापाचयन भएकाछन् । सिस्नेरी गाउँ कमिटिको बैठक मंसीर १७ गते तथा योजना निर्माण भेला मंसीर ३० गते गर्ने निर्णय भएको छ । सिस्नेरीमा अभियान प्रमुख ऋषि पुडासैनी तथा सदस्यहरुमा चिरन्जीवी पौडेल, राजन ठकुरी, राजेश पाख्रिन, दिपक ठकुरी र उमा लामा चयन भएका छन् । 
त्यस्तै फाखेल गाउँ कमिटिको बैठक मंसीर १८ गते तथा योजन ानिर्माण भेला पौष ९ गते गर्ने निर्णय भएको छ । फाखेलमा अभियान प्रमुख राजुमान महर्जन तथा सदस्यहरुमाधनवीर स्याङ्तान, धनराज स्याङ्तान, श्रमिक लामा र उमेश बस्नेत चयन भएका छन् । मोर्चा संगठन तर्फ अभियान प्रमुखमा राजन ठकुरी चयन भएका छन् । सदस्यहरुमा भने रत्नथापा, रोशन ठकुरी, राजेश सापकोटा, विष्णु महर्जन, ज्ञानी लामा, श्रमिकलामा र उमा लामा चयन भएकाछन् । 
इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा भएको संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान सम्बन्धी भेलामा अभियान टोलीको जिम्मेवारी, कार्यक्रमको योजना तर्जुमा, प्रशिक्षणका मुख्य विषयहरु, अभियानको क्रममा टोलीले गर्नुपर्ने कामहरुलगायतको विषयमा छलफल भएको थियो ।

0 comments

Write Down Your Responses