Powered by Blogger.
निजामती कर्मचारी महाधिवेशमा केन्द्रीत, महाधिवेशनले नेता भन्दा नीतिलाई प्रधानता दिने


काठमाडौं । नेकपा (एमाले) निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनलाई १० औं राष्ट्रिय महाधिवेशनको चटारोले छोएको छ । 

आगामी मंसिर २७, २८ र २९ गते नेपालगञ्जमा १० औं महाधिवेशन हुने निश्चित भएपछि कर्मचारीका नेताहरु महाधिवेशनमा केन्द्रीत भएका हुन् ।  महाधिवेशनका तयारीका  सन्दर्भमा संगठनले मंगलबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आवश्यक तयारीबारे जानकारी गराएको हो ।

संगठनले आगामी १० औं अधिवेशनलाई नेता भन्दा पनि नीतिमा केन्द्रीत गरिने र सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने अध्यक्ष मोहनकुमार घिमीरेले जानकारी दिए । ‘संघीयतामा सशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकार सहितको ट्रेड युनीयन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ महाधिवेशन हुनेछ ।  

मंसिर ४ गतेसम्ममा हरेक जिल्ला तथा विभागीय कार्यसमितिको  अधिवेशन सम्पन्न गरिने लक्ष्य संगठनले राखेको छ । अधिवेशन सम्पन्न गर्न २ सय २५ सदस्यीय मूल व्यवस्थापन समिति, अन्य समिति र उपसमितिहरु गठन भई क्रियाशील रहेको छ । आगामी महाधिवेशनबाट संगठनको नेतृत्व हात पार्न केही कर्मचारी नेताहरु कम्मर कसेर लागेका छन् ।

यसबीचमा नेपालगञ्जमा मूल व्यवस्थापन समितिको बैठक सम्पन्न भइसकेको छ भने संगठनको केन्द्रीय कार्यसमितिको बैठक पनि सम्पन्न भइसकेको छ । महाधिवेशनमा ८ सय प्रतिनिधी, एक सय पर्यवेच्छक तथा स्वयम्सेवक तथा विभिन्न अन्तराष्ट्रीय भाइचारा संगठनका ५० भन्दा बढी प्रतिनिधीले सहभागिता जनाउने बताइएको छ । 

महाधिवेशनले गुटबन्दी जरैबाट अन्त्य गर्ने, विधान र नीतिगत विषयमा गम्भिर छलफल गर्ने, एकता, सहमति र संगठन व्वस्थापनको विषयमा केन्द्रीत गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकबाट पारित निर्णयहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा महासचिव रेमन्त गौतमले राष्ट्रिय स्तरके ट्रेड युनीयन र आधिकारीक ट्रेड युनीयनबीचको सम्वन्ध हार्दिकतापूण्र्न बनाउने खाँचो रहेको बताए । 

बैठकले संघियतामा कर्मचारी व्यवस्थापन जटिल रहेको भन्दै हाल कार्यरत सबै कर्मचारी केन्द्रीय सरकारको मातहत हुनुपर्ने, घर पायक हेरेर राजेका आधारमा कार्यक्षेत्र दिनुपर्ने, एक तह बढुवा हुनुपर्ने लगायतको माग राखेको छ । 

आगामी महाधिवेशनमा अध्यक्षका लागि हालका अध्यक्ष मोहन घिमीरे र वरिष्ठ उपाध्यक्ष केदार देवकोटाबीच प्रतिष्पर्धा चलेको भएपनि अन्तत सर्वसम्मत रुपमा घिमिरेले नै एक कार्यकाल चलाउनुपर्ने कर्मचारीवृतमा माग छ । 



0 comments

Write Down Your Responses