Powered by Blogger.
बजेट नपुगेर पालुङ साहित्य परिषदको भवन निर्माण कार्य अलपत्र


पालुङ, २४ कात्तिक । मकवानपुरको थाहा नगपालिका वडा नम्मर ६ को काला भैरव विद्यालय नजिकै निर्माण हुन लागेको पालुङ साहित्य परिषदको भवन बजेट अभावको कारण अलपत्र छ । 

२०७२ असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम थालेपनि बजेट अभाव भएपछि निर्माण कार्य अलपत्र परेको हो । बजेट निकासा हुन नसक्दा निर्माण कार्य रोकिएको पालुङ साहित्य परिषदका अध्यक्ष लक्ष्मण बतौलाले जानकारी दिए । २०६५ सालमा २ लाख रुपैंया बजेटबाट निर्माण कार्य थालिएको थियो ।  

अहिले सम्म ५ लाख ५० हजारको बजेट निकासा भएको छ । उक्त रकमबाट करिब ५० प्रतिशत काम सकिएको छ अब ८ लाखको हाराहरीमा बजेट भए कार्य सम्पन्न हुने अध्यक्ष बतौलाले बताउनु भयो । मकवानपुरको उत्तरी क्षेत्रमा साहित्य क्षेत्रलाई स्तरोन्नति र विकास गर्नको लागि आफ्नै भवन भए सजिलो हुने भन्दै भवनको निर्माण कार्य थालिएको बताइन्छ । 

तर भवन निर्माणका लागि साविक दामन ÷पालुङ गाविस र अहिलेको थाहा नगरपालिकाको कुनै चासो नदिएको बतौलाले गुनासो गरे ।  साहित्यिक जम्काभेट हुने ठाउँ नरहेको र विभिन्न साहित्यिक कार्यक्रमहरु गर्नको लागि समेत समस्या भईरहेको हुनाले सो समस्यालाई मध्यनजर गर्दै ४ कोठा र १ हल रहने गरी भवन बनाउने योजना अघि सारिएको हो ।  त्यसैगरि भवनमा पुस्तकालय कक्ष समेत राखिने योजनाको साथ निर्माण कार्य थालिएको थियो तर दलीय प्रतिशोधका आधारमा हेर्ने गरेको र बजेट अभावले  भवन निर्माण कार्य सम्पन्न नभएको उनले बताए । 

साहित्य समाजको एक अभिन्न अंग भएकोले अब सबैले यस कार्यलाई सम्पन्न गराउनु पर्ने र नगपालिकाले पनि यस विषयमा चासो दिनु पर्ने उनको भनाई छ । – जनक लामा

0 comments

Write Down Your Responses