Powered by Blogger.
देउसी भैलोबाट संकलित रकम आश्रमलाई


हेटौंडा, २५ कात्तिक । दिव्य सेवा बाल क्लब श्री जनप्रिय नमुना माध्यमिक बिधालय हेटौंडा १९ हटिया चिसापानीले शुभ दिपावली २०७३ मा देउसी भैलो खेली संकलन भएको सम्पुर्ण रकम बृद्धबृद्धाको सेवाको लागि हस्तान्तरण गरेका छन् । 

एक भव्य समारोहका बिच क्लबका पदाधिकारीहरु प्रतीक्षा गर्तौला ,सबिन ढकाल , अस्मिता रुम्बा , रमिता ढकाल लगायतकाले संयुक्त रुपमा   सो रकम  दिव्य सेवा निकेतनका अध्यक्ष तेजराम निरौलालाई हस्तान्तरण गरेका हुन । क्लबले हटिया चिसापानीको धिमाल टोल प्रेम नगर , हटियाकै पुर्बेली टोल र चुरियामाईको शिखरपानी टोल बाट रु २१,१५५ संकलन गरेका थिए  । 

हस्तान्तरण कार्यक्रममा निकेतनका अध्यक्ष निरौलाले सेवा र समर्पण भाव प्रस्तुत गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद दिदै बृद्धबृद्धाको सेवामा अनुकरणीय काम गरेकोले सबैले यसको अनुशरण गर्नु पर्ने धारणा राख्दै  प्राप्त रकम आश्रममा आश्रीत ज्येष्ठ नागरिकको स्वास्थ उपचारको लागि खडा गरिएको उपचार कोषमा जम्मा भइ उपचारमा खर्च गरिने कुरा बताउनुभयो । 

कार्यक्रममा आश्रमकि प्रमुख संरक्षिका सुनिता बाईजी निकेतन शाखा मकवानपुरका सचिब अर्जुन पोखरेल , क्लबका शिक्षक नायक युक्तलाल बिश्वकर्मा ,डिल्ली सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses