Powered by Blogger.
ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको ७ औँ अधिवेसन सम्पन्न

हेटौडा,२५ कार्तिक / ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसन आज(बिहिबार) हेटौडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा महिला तथा वालवलालिका कार्यालय मकवानपुरका अध्यक्ष शोभा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव उर्मिला पुडासैनीले आर्थिक वर्ष २०७२÷७३ को महत्वपूर्ण उपलब्धीहरु,तथा आगामी वर्षको लागि प्रस्तावित कार्ययोजना प्रस्तुुत गर्नु भएको थियो ।
 त्यस्तै संस्थाका कोषाध्यक्ष सुलोचना स्याङतानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। ८४ लाख ७५ हजार २ सय ५७ रुपैयाँ वरावरको आय व्याव प्रस्तुत गर्नु भएको थियो । केन्द्रले आर्थिक वर्ष २०७२र७३ मा ७६ हजार ९ सय ८ खुद मुनाफा आर्जन गरेकोे बताएको छ । 
 कार्यक्रममा वोल्दै प्रमुख अतिथी शाहले महिला तथा बालबालिका कार्यालय र ग्रामिण महिला सेवा केन्द्र दुवै महिलाको हितमा रहेकोले हरेक कदमा साथ दिन तयार रहेको वताउनु भएको थियो । ग्रामिणले सहकारीको माध्यमबाट महिलाको विकास खोजेकोले सवैले यसको अनुसरण गर्न आवस्यक रहेको वताउनु भयो । 
त्यस्तै उहाले ग्रामिण महिलालाई केन्द्रमा राखेर काम गर्नुु अर्काे महत्वपूर्ण काम रहेको भन्दै केन्द्रलाई अझ अगाडि वढ्न शुभकामना पनि दिनु भएको थियो ।
 त्यस्तै कार्यक्रममा वोल्दै केयर नेपाल परियोजनाका अधिकृत निरज काफ्लेले ग्रामिणसँग सँधै सहकार्य गर्न तयार रहेको वताउनु भयो । त्यस्तै प्लन नेपालका विकास संयोजक कुस थापाले ग्रामिण महिलासँग सहकार्य गरेकोमा प्रसंसा गर्दै अझै ग्रमिण महिलासँग सुमधुर सम्वन्ध स्थापना गर्न सुभकामना दिनु भयो । कार्यक्रममा गैसस महासंघका प्रतिनिधी बोल बहादुर कार्कि ,जिल्ला वचतका लक्ष्मण महत लागाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।   
यस्तै 
ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसनले लक्ष्मि मोक्तानको अध्यक्षतामा ९ सदस्य कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा उर्मिला पुडासैनी ,सचिव अचला शर्मा,कोषाध्यक्ष सुलोचना स्याङतान रहनु भएको छ। समितीको सदस्यहरुमा मेनुका दाहाल , एलिजा पुडासैनी , मिना चौँरेल , लक्ष्मि थिङ, र सीता घलान रहनु भएको छ । भेलाले सर्मिला श्रेष्ठको संयोजकत्वमा ३ सदस्य लेखा समिती पनि चयन गरेको छ । लेखा समिती सदस्यमा लक्ष्मि रीमाल र देवकी चौलागाइ रहनु भएको छ।

0 comments

Write Down Your Responses