Powered by Blogger.
संघले मैनालीको स्वागत गर्यो, माघ १४ बाट मनहरी महोत्सव हुने


हेटौडा,२२ कार्तिक / मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्लाका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको सरुवापछि मैनाली मकवानपुरका स्थानीय विकास अधिकारीका रुपमा एक साता अघि आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार स्थानीय विकास अधिकारीलाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा स्थानीय विकास अधिकारी मैनालीले उद्योग वाणिज्य संघसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएका छन् । संघका अध्यक्ष न्यौपानेले जिल्लाको व्यवसायिक गतिविधिको बारेमा प्रष्ट गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले हेटौंडा बजारको मध्य भागबाट गएको राजमार्गको विषयमा व्यवसायिक हितमा निर्णय गर्न आग्रह गर्नु भएकोछ । संघका सल्लाहकार प्रदीप कोईरालाले स्थानीय क्षेत्र पुननिर्माणको कार्य कठीन भएकोले व्यवसायी, राजनैतिक दल, स्थानीय निकायको सहकार्यमा जोड दिनुभएको थियो । संघका महासचिव महेन्द्र राउतले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण अग्रवाल, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल तथा पदाधिकारी, संघका सल्लाहकार विजेन्द्र रिजाल, कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसै गरि संघको आज बसेको बैठकले मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आगामी माघ १४ देखि २४ सम्म मनहरी महोत्सवको आयोजना गर्ने भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट मेला सफल बनाउन विभिन्न विधामा संयोजन गर्ने बताईएकोछ । महोत्सव सफल बनाउन यसै साता पुन बैठक बसी निर्णय गरिने संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएकोछ । संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको महोत्सवमा प्रत्यक्ष सहभागिता रहने मनहरी महोत्सवमा स्थानीय संस्कृति रहनसहन लगायतका सामग्री रहने संघले जनाएकोछ ।

0 comments

Write Down Your Responses