Powered by Blogger.
कुष्माण्ड मेलाको तयारी पुरा


हेटौंडा, २१ कात्तिक । हेटौँडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा हरेक वर्ष लाग्ने कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

यही कातिक २४ गते बुधबारका दिन परेको यसवर्षको मेलामा एक सय आठ धारामा स्नान तथा कुभिन्डो दान गर्न चाहने भक्तजनहरुका लागि विशेष व्यवस्थापन गरिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

तयारी स्वरुप आइतबार स्थानीय स्वयंसेवक तथा टोलबासीबाट सरसफाइ तथा रंगरोगनको काम सम्पन्न गरिएको छ । यसैगरी प्रचारप्रसारको काम स्वरुप आइतबार नै माइकिङको काम पनि गरिएको छ । सोमबार पनि नेपाली सेनाको टोलीले अन्य कामको लागि सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । 

नेपालमा एकमात्र यस स्थानमा लाग्ने कुष्माण्ड नवमी मेलाको विशेष महत्व रहेकोले सो दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरे बराबरको पुण्य प्राप्त हुने धामका मूल पण्डित देवीप्रसाद कोइरालाले बताउनुभयो । 

यस वर्ष विगतका वर्षहरुको भन्दा फरक आकर्षणका रुपमा कुष्माण्ड सरोबरको निर्माण भएको छ भने अन्य विकास कामहरु पनि तिब्र रुपमा अगाडि बढिरहेको छ । 

यस वर्ष पनि मेलामा हजारौँ भक्तजनहरुको सहभागिता रहने त्रिबेणीधाम विकास समितले अपेक्षा गरेको छ ।

0 comments

Write Down Your Responses