Powered by Blogger.
राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेला

मकवानपुर,१ मंसिर । राप्रपा नेपाल मकवानपुरले पार्टि एकता र राजनीतिक अवस्थाबारे छलफल गर्न मंसिर ३ गते हेटौँडामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।  जिल्ला पार्टि कार्यालयमा आज भएको वैठकको निर्णयअनुसार भेलाको तयारी सुरु गरीएको छ । 
पार्टि जिल्ला उपाध्यक्ष शिवराम थापाको अध्यक्षता तथा राप्रपा नेपालका केन्दिय अध्यक्ष कमल थापाको प्रमु्ख आतिथ्यतामा आज भएको वैठकले मंसिर ६ गते हुन लागेको पार्टि एकता, त्यस पछिको तयारी,अहिलेको राजनैतिक अवस्था लगाएको विषयमा कार्यकर्तालाई जानकारी गराउन भेला गर्ने निर्णय गरेको हो । पार्टि अध्यक्ष थापको अध्यक्षतामा हुने भेलामा केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी सांसद तथा अगुवा कार्यकर्ता सहभागी हुनुहुनेछ ।
आजको वैठकमा राप्रपा नेपालका केन्द्रिय सदस्य हरु मधु अधिकारी,नवराज विष्ट,दिपक वहादुर सिंह,राजाराम वर्तौला, सांसद गणेश थापा ,हेटौडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगाएतको आतिथ्यता रहको युवक संगठन नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिनु भएको छ ।

0 comments

Write Down Your Responses