Powered by Blogger.
हेटौंडामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु


हेटौडा, २ मंसिर । मकवानपुरको हेटौँडामा बिहीबारबाट राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले गर्नु भएको हो । 

महोत्सवकोे उद्घाटन गर्दै केसीले सिङ्गो मकवानपुर जिल्ला तथा हेटौँडा पर्यटकीय हिसाबले असाध्यै राम्रो रहेको बताउँदै यस महोत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन टेवा पुग्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले आम्दानीको पारदर्शीता महत्वपूर्ण रहेको बताउदै यस महोत्सवमा भएको आम्दानी खर्च प्रत्येक दिन सार्वजनिक गर्दा भोलिका दिनमा औँला ठड्याउने काम नहुने भन्दै पारदर्शी ढंगबाट काम गर्न आग्रह गर्नु भयो । 
केसीले जिल्लाको विकासका लागि सबै युवाहरु जुट्नुपर्ने बताउदै महोत्सव सफल तरिकाले सम्पन्न गर्नको लागि शुभकामना दिनु भयो । 

गतबर्षबाट सुरु भएको हेटौँडा गोल्डकपलाई निरन्तरता दिने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा पहिलो पटक हुरु भएको खेलकुद तथा व्यापार महोत्सवकोे उद्घाटन समारोहमा नेपाली एथ्लेटिक्स क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पूर्व ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक आमिरीप्रसाद यादबलाई आयोजकले सम्मानित गरेको थियो । 

मेला अवधिभर खेलक्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएकाहरुलाई सम्मानित गर्ने बताइएको छ । महोत्सवको लागि प्रतिष्ठानसंग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको बताउनु भयो । 

बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । महोत्सव उद्घाटन हुनु भन्दापूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट मेनरोडहुँदै मेला स्थल सम्म शोभायात्रा निकालिएको थियो । सो शोभा यात्रा कार्यक्रम स्थलमा पुगि समापन भएको थियो ।

तीनसय ५० वटा स्टल रहेको महोत्सवमा करिव दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

१३ गते सम्म चल्ने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुने प्रतिष्ठानका अध्यक्ष खड्गीले बताउनु भयो ।



0 comments

Write Down Your Responses