Powered by Blogger.
खेलकुद महोत्सवमा म्याराथुन धावक खत्री प्रथम, चेपाङ धावक बने पाँचौं


हेटौंडा, २ मंसिर । २ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै नेपाल आर्मीका राजन खत्री हेटौँडामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सव अन्र्तगतको पहिलो दिन सम्पन्न म्याराथनमा प्रथम भएका छन् । 

बिहिबार बिहान मेला स्थल भुटनदेबी मन्दिर परिषरबाट सुरु भएको म्याराथनमा १८ जना राष्ट्रिय खेलाडी सहित २ सय ५० जना धावकलाई पराजित गर्दै आर्मीका खत्रीले हेटौँडामा पहिलो पटक आयोजना भएको म्याराथनमा प्रथम स्थान हाँसिल गरेका हुन् । 

प्रथम स्थान हाँसिल गरेसँगै उनले नगद ५० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा नेपाल आर्मीकै नवराज साउदले द्वितिय स्थान हाँसिल गर्न सफल भए । साउदले निर्धारित दुरी २ घण्टा  ३४ मिनेट १२ सेकेन्डमा पुरा गरे र नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

तेश्रो भएका एपिएफका जितेन्द्र राईले निर्धारित दुरी २ घण्टा ३८ मिनेट ४७ सकेन्डमा पार गर्दै नगद १५ हजार जित्दा सान्तवना भने एक अन्तराष्ट्रिय खेलाडी भए । केन्याका गटीया पिटर मंगियाले निर्धारित समय २ घण्टा ४१ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै ५ हजार प्राप्त गरिन् ।  

पाचौँ स्थान  भने म्याराथुन इतिहाँसमा नै चेपाङ सम्प्रादयबाट सहभागिता जनाएका चितवनमा विवेक चेपाङ भए । उनले ३ घण्टा ३१ मिनेट २७ सेकेन्डमा पुरा गरे ।



0 comments

Write Down Your Responses