Powered by Blogger.
मिरा कार्कीले ल्याइन् ‘बहार’


काठमाडौं । नव गायिका मिरा कार्कीको ‘बहार’ एल्बम सार्वजनिक भएको छ । काठमाडौमा आयोजित बिशाल समारोहमा उतm गिति एल्बको बिमोचन बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठबाट भएको हो । 

बिष्णु कार्कीको रचना , प्रमोद खरेल र मिरा कार्कीको स्वर तथा बि.बि अनुरागीको संगीत रहको उक्त एल्बममा पाँचसुमधुर गीत समावेश भएका छन् । ‘शिर शिर शिर हावा संगै’ नामक गीतको भिडियोमा नायक दिलिप रायमाझी तथा नायिका सम्पदा बानियाको अभिनय रहेको छ  ।

यसको निर्देशन रबिन्द्र बरालले गरेका हुन् ।बिमोचन समारोहमा साङ्गगीतीक क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थीती रहेको थियो भने बिभिन्न म्यानपाबर ब्यबसायी , ट्राभल ब्यबसायी , शिक्षक, पत्रकार आदिको बाक्लो उपस्तिी रहेको थियो । 

समारोहका बिशेष अतिथिका रुपमा रहेका पाकिस्तानी राजदुताबासका काउन्सीलरले समेत उतm गिती एल्बमको शुभकामना दिनु भएको थियो । बहार गिति एल्बमको निमार्ण अरोमा टुर्स एण्ड ट्राभलले गरेको हो ।

0 comments

Write Down Your Responses