Powered by Blogger.
स्वास्थ्य इलाकामा कँडेल


काठमाँडौं । नेकपा (एमाले) राजधानी पेशागत विशेष जिल्ला कमिटि अन्तगर्तको निजी स्वास्थ्य क्षेत्रको दोस्रो इलाका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदिप कँडेलको अध्यक्षतामा कमिटि गठन गरिएको छ ।

कमिटीको उपाध्यक्ष लक्ष्मण भुर्तेल, सचिव सिन्धु उप्रेती र सहसचिवमा रमा पहारी  रहेका छन् । यसैगरी सदस्यहरुमा जनार्जन पौडेल, रमा घिमीरे, सुष्मिता पाठक र क्षितिज गर्तौला  रहेका छन् ।

अधिवेशनको सभापतित्व प्रदिप कडेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाले सभासद डा.राजन भट्टराई रहेका थिए भने अन्य अतिथिहरुमा पेशागत विशेष जिल्ला कमिटि अध्यक्ष प्रेमप्रसाद पराजुली, सचिव समिर नेपाल, उपसचिव प्रेम पराजुुली, निजी स्वास्थ्य इलाका इन्चार्ज नरेश्वर ज्ञवाली लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले जसरी पनि विभिन्न पेशामा आवद्ध पेशाकर्मीलाई एमालेको संगठनभित्र गोलवन्द गर्नु आजको आवश्यकता भएको बताएका थिए । 

नव निवार्चित अध्यक्ष कडेलले आगामी दिनमा निजी स्वास्थ्य संस्थामा व्यापक सदस्यता वितरण गर्दै पार्टी कामलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष कडेल हाल मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भुमा कार्यरत छन् ।



0 comments

Write Down Your Responses