Powered by Blogger.
मकवानपुर चौतारी भन्छ,‘शुद्धिकरणका नाममा अग्रजप्रति पूर्वाग्रह नराखौं’


हेटौँडा,७ मंसिर । प्रेस चौतारी मकवानपुर जिल्ला समितिले पत्रकार महासंघ मकवानपुरको बैठकले गरेको निर्णय सच्याउन तत्काल सच्याउन माग गरेको छ । 

चौतारीका अध्यक्ष प्रकाश दाहालले मंगलबार एक विज्ञप्ती जारी गर्दै सदस्यको नविकरणको सन्र्दभमा गरिएको शुद्धिकरण अभियानको स्वागत गर्ने जनाएपनि कुनै पूर्वाग्रह राख्न नहुने स्पष्ट पारेको छ । 

मकवानपुरे पत्रकारितालाई अहिलेको अवस्थासम्म ल्याउने पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरि अग्रज पत्रकारहरुको  अपमान रहेको भन्दै चौतारीले उक्त निर्णय सच्याउन आग्रह गरेको हो । उक्त निर्णयले पूर्वाग्रह हुने चौतारीको ठहर छ । तसर्थ महासंघको बैठकमा चौतारीका तर्फबाट प्रतिनिधीत्व गर्ने सदस्यहरुले नोट अफ डिसेन्ट लेखेका थिए । 

चौतारीले महासंघका सस्थागत सदस्यहरु, भौतिक निर्माणमा योगदान गर्नुहुने, लामो समयदेअखि अविभावकत्व प्रदान गर्दै आएका पत्रकारहरुको स्वतः नविकरण गर्न पनि माग गरेको छ । 

महासंघको मंसिर ६ गतेको बैठकले शुद्धिकरणको अभियान भन्दै हाल विभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुलाई समेत नविकरण नगर्ने निर्णय गरेको थियो । 

0 comments

Write Down Your Responses