Powered by Blogger.
अफ्रो–एसियाली जनएकता संगठनमा हिरण्य


काठमाडौं । नेपाल अफ्रो–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको साधारण सभाबाट पूर्व सांसद एवं पूर्वराजदुत हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

संगठनको बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबहादुर केसी, उपाध्यक्षहरूमा कृपासुर शेर्पा, डा. प्रदिपकुमार खड्का, डा. अञ्जान शाक्य रहेका छन् । त्यस्तै महासचिवमा डा. गोपाल पोखरेल विवश, कोषाध्यमा इन्द्र भण्डारी रहेका छन् ।

यसअघि संगठनको अध्यक्ष एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । ओली अब संगठनको संरक्षक रहने बताइएको छ ।

यस्तै कार्य समिति सदस्यहरूमा सुवासकाजी श्रेष्ठ, डा.श्रीधर गौतम, डा. रेशमबहादुर बस्नेत, डा. विष्णुविभु घिमिरे, डा. अञ्जना सिंह, टासी स्याङवो गुरूङसेनी, उर्मिला थापा मगर, फणिन्द्र पन्त, शंकरलाल श्रेष्ठ, खड्ग थापा, बालकृष्ण शिवाकोटी, सिताराम बानियाँ क्षत्री, भगवती तिमिल्सिना, शोभा गुरूङ, रेणु शाह र रूही अख्तर रहेका छन् ।




0 comments

Write Down Your Responses