Powered by Blogger.
थाहा जगाउन थाहापोष्ट डटकम सञ्चालन


काठमाडौं, ८ मंसिर । ‘चेतना जगाउने अभियान’ भन्ने नाराका साथ थाहापोष्ट डटकम अनलाइन (www.thahapost.com)  न्यूज पोर्टल संचालनमा आएको छ । 

मकवानपुर जिल्ला र थाहा नगरपालिकालाई प्राथमिकतामा राखेर संचालनमा आएको यो  अनलाई समाचार साइटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा विभिन्न समाचार सामाग्री प्रस्तुत गर्ने विज्ञप्तिमा जनाएको छ । 

‘प्रेरणादायी र सकारात्मक जनचेतना प्रवाह गर्ने प्रणका साथ ‘थाहा पोस्ट’ अनलाइन यहाँहरु समक्ष प्रस्तुत गरेका छौ ।’ प्रधान सम्पादक रामजी बलामीद्धारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छः ‘थाहा’ अर्थात जनचेतना आफैमा गर्विलो शब्द हो । घर, समाज वा मुलुकको विकास र विस्तारका लागि यो प्राथमिक कुरा हो । जसरी हामी र हाम्रो परिवारको चेतनास्तरले हाम्रो घरको अबस्था निर्धारण गर्छ त्यसरी नै जनताको चेतनास्तरले मुलुकको अबस्था निर्धारण गर्छ । 

समय परिवेश र परिस्थिति अनुकुल आफुलाई समाहित गर्दै लैजानु नै व्यक्तित्व बिकास हो । जसले समृद्ध मुलुक निर्माणमा अहम भूमिका खेल्दछ । जनताको चेतनास्तरले नै मुलुकको गणतब्य तय हुने भएकाले समाजमा हामीले सकारात्मक र प्रेरणादायक चेतनाको विस्तार गर्न जरुरी छ । तर मननीय कुरा के हो भने चेतना सकारात्मक भयो भने मात्रै समाज सकारात्मक बन्छ । समाज सकारात्मक बन्नु भनेको देश सकारात्मक दिशामा अघि बढ्नु हो ।

काग, हुलाक, पत्रपत्रिका हुँदै अहिले अनलाइन जेनेरेशनको युग आएको छ । यही कुरालाई आत्मसाथ गर्दै हामीले प्रेरणादायी र सकारात्मक जनचेतना प्रवाह गर्ने प्रणका साथ ‘थाहा पोस्ट’ अनलाइन यहाँहरु समक्ष प्रस्तुत गरेका छौ । हामीले विशेषगरी मकवानपुर जिल्ला र थाहानगरपालिकालाई प्राथमिकतामा राखेका छौं । यसका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समेत प्राथमिकताका साथ सामाचार सामाग्री प्रस्तुत गर्ने प्रण गर्दछौ ।

‘चेतना जगाउने अभियान’ भन्ने नाराका साथ संचालित यस अनलाइनमा प्रकाशित समाचार सामग्रीहरुबारे यहाहरुले दिनु हुने अमुल्य सल्लाह, सुझाब तथा प्रतिक्रिया तथा लेख, रचनालाई हामी हार्दिक स्वागत गर्दछौ ।

0 comments

Write Down Your Responses