Powered by Blogger.
सांसद थापाद्धारा राईगाउमा एम्बुलेन्स हस्तान्तरण


मकवानपुर । पूर्वी मकवानपुरको राईगाउँ बाशीले सहजै अस्पतालको पँहुच पाउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गणेश थापाले आफ्ने पहलमा भारत सरकारको सहयोग मार्फत सोमबार राइगाउँमा एम्बुलेन्स बितरण गरे सँगै विरामी अस्पताल सम्म लैजान सहज भएको हो ।

विरामी हँुदा एम्बुलेन्स अभावका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता बोकिरहेका राउँवासीले एम्वुलेन्स पाए सँगै खुशी ब्यक्त गरे । सामाजिक सेवामा क्रियाशील सांसद थापाले राइगाउँमा रहेका मकवानपुरे दाजुभाइ–दिदिबहिनीहरुलाई आफ्नो स्वास्थ्य उपचारमा थप सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स सहयोग गरेको र यस्ता सहयोग आफु बाट निरन्तर रहि रहने पनि बताउनु भयो । 

एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको राइगाउँमा स्वास्थ केन्द्रले पहिलो पटक एम्बुलेन्सको सेवा पाएको र त्यो ठुलो सहयोग थापाले गर्नु भएको भन्दै अन्य राजनीतिक दल तथा स्थानीयले थापालाई धन्यवाद दिएका थिए । आफुले कुर्सीको लागि राजनीति नगरेको भन्दै थापाले मकवानपुरको अन्य दुर्गम र पिछडिएको ठाउँमा आफ्नो पहुँचले भ्याए सम्म सहयोग गरिरहने बताउनु भयो ।

प्रतिष्पर्धा भाषणमा नभई विकासमा हुनुपर्ने , दल गत स्वार्थ भन्दा माथि उठेर विकासमा लाग्न सवै लाई आग्रह गर्दै थापाले निकट भविश्यमै मकवानपुरको नामटारमा एम्वुलेस सहयोग गर्न लागेको पनि वताउनु भएको थियो । सांसद थापाले यसअघि मकवानपुरको थुप्रै ठाउँमा विकासको निमित्त सहयोग गर्दै आउनु भएको छ । शक्तिशाली यूथ मञ्चले एम्वुलेन्स संचालन गर्ने जनाइएको छ ।

यसैबीच राइगाउँ बाशीको लागि स्वास्थ्य चौकीको सेवा तथा अन्य सामाजीक कार्यका लागि १ लाख ५२ हजार ारुपैंयको अक्षय कोष पनि स्थापना गरीएको छ । अक्षय कोषमा साँसद थापाले एक लाख सहयोग गर्नु भएको छ भने स्थानीय शिब चौलागाइले पिता भवनाथ चौलागाइको नाममा ५० हजार र छतिवनमा ज्वरसिङ लो ले २ हजार सहयोग गर्नु भएको थियो । व्यत्तिगत रुपमा १ लाख सहयोग गर्नु भएका सांसद थापाले अक्षय कोषलाई ५ लाख पुया¥उने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज विष्ट , मकवानपुर उपाध्यक्ष शिवराम थापा, हेटौडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा , जिल्ला पार्टी प्रवक्ता श्ुन्दर शाही राइगाँउका प्रमुख राजनैतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।



0 comments

Write Down Your Responses