Powered by Blogger.
मउवा संघद्धारा मकवानपुरका प्रजिअ र कार्यकारीलाई स्वागत

हेटौंडा,१६ मंसिर /   मकवानपुर उद्योग वाणिज्य संघले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मालाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका प्रजिअ मान बहादुर विक अध्ययनका लागि अमेरिका गएपछि शर्मा मकवानपुरका प्रजिअका रुपमा आएका हुन् । 
जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रजिअ शर्माले नियमक निककायसँग व्यवसायीको हितका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ । संघका अध्यक्ष न्यौपानेले जिल्लाको व्यवसायिक गतिविधिको बारेमा प्रष्ट गर्नु भएको थियो । 
कार्यक्रममा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरमा हाल पछिल्लो समयमा देखा परेको लागुऔषध दुव्र्यसनीलाई न्युनीकरण तर्फ ध्यान दिन आग्रह गर्नु भएकोछ । स्वागत कार्यक्रममा हेटौडा बजारको सडक सुधार तथा अन्य सामाजिक विकासका विषयमा छलफल समेत भएको थियो । संघका महासचिव महेन्द्र राउतले सञ्चालन गर्नु भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण अग्रवाल, लवशेर विष्ट, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल तथा पदाधिकारी, संघका सल्लाहकार , वस्तुगत संघका पदाधिकारीहरु, कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
यसै गरि संघको आज नै हेटौंडा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेलाई पनि स्वागत तथा सम्मान गरेकोछ ।  कार्यक्रममा बोल्नुहुदै कार्यकारी अधिकृतले नगरपालिका र संघका बीच सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।  

0 comments

Write Down Your Responses