Powered by Blogger.
बिचौलियाले हैरान पारेको गुनासो सुने पश्चात भुमिसुधार मन्त्री पान्डेले गरे मालपोत कार्यालय मकवानपुरको निरीक्षण

 मकवानपुर,१६ मंसिर / भुमिसुधार मन्त्री बिक्रम पान्डेले मालपोत कार्यालय मकवानपुरको निरीक्षण गर्नु भएको छ । राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलाको लागि हेटौँडा आउनु भएका पाण्डेले आकस्मिक रुपमा मालपोत कार्यालय अनुगमग गर्नु भएको हो ।
 अनुगमन पश्चात पाण्डेले कार्यालयमा लापरबाही गरेको प्रति आक्रोश व्यक्त गर्नु भएको थियो । कार्यालयको शौचालय फोहोर , पार्किङ अव्यवस्थित रहेकाले तत्काल सुधार गर्दै व्यवस्थित बनाउन निर्देशन दिनु भएको थियो । कार्यालयमा रहेका कागजात अव्यवस्थित भएको र बाहिरी बिचौलीयाहरुले समेत कार्यालयमा पसेर जथाभावि गर्ने गरेको गुनासोका विच पुग्नु भएका मन्त्रिले कागजात पनि १५ दिन भित्र सुधार र व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो । निरीक्षणमा सांसद गणेश थापा,केन्द्रिय सदस्य दिपक सिंह लगाएतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses