Powered by Blogger.
रेडियो रिपोर्टमा आकाशगंगा दोस्रो


मकवानपुर, १८ मंसिर ÷ यूनिस्को काठमाण्डौ तथा मेगा स्कील टे«निङ एण्ड रिसर्च सेन्टरको सहकार्यमा स्थानिय रेडियो तथा अन्यसञ्चार माध्यममा किशोरी तथा महिला शिक्षा सम्बन्धी रेडियो सामाग्री प्रस्तुती करणमा मकवानपुरको रेडियो आकाश गंगाका कार्यक्रम प्रमुख भावना रिजाल द्धितिय हुनु भएको छ । रिजालले मकवानपुर जिल्लाका  अधिकाँश सामुदायिक विद्यालयका छात्राहरु घर धन्दा सकाएर विद्यालय जानु वाध्यता रेडियो रिपोट प्रस्तुत गर्नु भएको थियो ।
नवलपरासी जिल्लाको कावासोतीको विजय विकास स्रोत केन्दमा भएको कार्यक्रममा ८ वटा जिल्लाको  १५ वटा एफएमका प्रत्रकार महिलाको सहभागिता रहेको थियो ।
सो तालिममा रेडियो आकाश गंगाका कार्यक्रम प्रमुख भावना रिजालले तयार पार्नु भएको रेडियो रिर्पोटमा सामुदायिक विद्यालयका छात्राहरुले भेगेका समस्यालाई उजागर गरिएको थियो । रिजाल सँगै सप्तकोसि एफ एम इटहरी सुनसरीकी रोमा रिजाल प्रथम हुनु भएको छ । प्रथम हुनु भएकी सप्तकोसि एफ एम इटहरी सुनसरीकी रोमा रिजालले अध्यायनको लागि अंश लिदै मधेसी महिला रेडियो सामाग्री प्रस्तुत गर्नु भएको थियो ।
 त्यसै गरि रेडियो विराटकी हिमा रसाइली र रेडियो सरगमकी मेनुका राउत तृतिय स्थान हाँसिल गर्नु भएको हो । सो प्रस्तुतीकरण कार्यक्रमका मुख्य निर्णायक शिक्षा मन्त्रालयका उप सचिव धुबराज रेग्मि,यूनिस्कोका कार्यक्रम संयोजक लक्षम खनाल, मेगा स्कील टे«निङ एण्ड रिसर्च सेन्टरका प्रवन्ध निदर्शेक ओम शर्मा चापागाई रहनु भएको थियो । प्रथम ,द्धितिय र तृतियलाई नगद सहित प्रमाण प्रत्र प्रदान गरिएको थियो ।

0 comments

Write Down Your Responses