Powered by Blogger.
श्री लालीगुराँश सहकारीको १७ औं साधारणसभा सम्पन्न, वृहत डेरी उद्योग सञ्चालनको तयारी


काठमाडौं । रक्षामन्त्री बालकृण्ण खाँडले नेपालको आर्थिक विकासमा सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा बोल्दै उहाँले सरकार सहकारीको हित विपरित नचल्ने धारणा राख्दै मुलुकभरका सहकारीले गरेको योगदान बिर्सन नहुने उल्लेख गर्नुभयो । 

‘मुलुकको आर्थिक खम्बा भनेकै सहकारी हुन, उनीहरुको हित विपरित चल्नु हुदैन । ’ मन्त्री खाँडका भनाई थियो ।     कार्यक्रममा  पुर्वमन्त्री एवं सांसद राजेन्द्र पाण्डे, नेपाली काग्रेसका सांसद ओमदेवी मल्ल, ललितपुरका सांसदद्धोय मदन अमात्य, उदयशमसेर राणा, पशुपति चौलागाई,  पुर्वमन्त्री छवीराज पन्त  लगायतले सहकारी आन्दोलनलाई जगाउने भुमिका सांसदहरुको रहेको बताउनुभयो । 

उहाँहरुले मुलुकको तिन खम्बे अर्थ नीति अन्तर्गतका एउटा खम्बा सहकारीलाई कसैले पनि बिर्सन नहुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्नु हुने अधिकांस वक्ताले सहकारीकर्मीको हित विपरित ऐन जारी गरिए आन्दोलनमा जाने चेतावनी दिनुभयो । कार्यक्रममा बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले चालु आ.व. ०७२÷०७३ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको दावी छ । 

उहाँले सहकारी विभाग, डिभिजन सहकारी कार्यालय र विषयगत संघहरुको माध्यमबाट संकलित करिब ३० वटा वाणिज्य बैंकहरु पछी दोश्रो ठूलो वित्तीय कारोबार सहकारी संस्थाहरुबाट भएका भन्दै सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा १ लाख ५० हजार भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराउनु भयो । 

करिब ६० लाख भन्दा बढी संघ, संस्था तथा नागरिकहरु सहकारी संघ÷संस्थाहरुमा आवद्ध रहेको बताउँदै  भण्डारीले सहकारी मार्फत देशको आर्थिक विकास गर्नको लागि सहकारी मैत्री कानून निर्माण गरिनु पर्ने तर त्यसको विपरीत सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी अभियानको सुझावलाई बेवास्था गरी समग्र सहकारी क्षेत्रलाई संकुचित गर्ने अभिप्रायले ऐन प्रस्ताव गरिएको उल्लेख गर्नुभयो । 

व्यवस्थापिका संसदको अर्थ समितिमा विचारधिन उक्त विधेयकमा संघहरुको सुझावको आधारमा सभासदज्यूहरुले पेश गरेको संशोधन प्रस्तावको आधारमा उक्त विधेक संशोधन नगरी पारित गरिएमा समग्र सहकारी क्षेत्रमा ठूलो समस्या सृजना भई आर्थिक रुपमा देशमा गम्भिर संकट उत्पन्न हुने निश्चित प्राय रहेको उहाँको धारणा थियो । 

मुलुकमा रहेको सहकारीको अवस्थाबारे जानकारी गराउदै उहाँले वित्तिय कारोबारमा सहकारी संस्थाहरुको योगदान २५ प्रतिशत भन्दा बढी अर्थात ४ सय ५० अर्ब भन्दा बढिको वित्तिय कारोबार सहकारी संस्थाहरुबाट भएको जानकारी गराउनुभयो । देशको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल ग्राहस्थ उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न व्यापक रुपमा यस क्षेत्रमा लगानी बृद्धि गरी सहकारीको माध्यमबाट समग्र देशको विकास हुन सक्दछ भन्ने सम्पूर्ण सहकारीकर्मीहरुको धारणा रहेको उल्लेख गर्नुभयो । संस्थाले चालु आर्थिक वर्षमा सरकारलाई ४ करोड १२ लाख ८२ हजार ६ सय २६ रुपंया राजश्व बुझाएको छ । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा लालिगुराँश रहेको छ । 

संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । यस संस्थाले आ.ब. २०७२÷७३ मा ८ करोड ३३ लाख ३६ हजार ५ सय १६ रुपैया मुनाफा आर्जन गरेको छ । 

त्यसै गरी, २०७१÷०७२ को कूल कारोबार ३ अर्ब ७८ करोड ८१ लाख ९६ हजार ८१ रहेकोमा चालु आ.व. मा २२ दशमलब ०३ प्रतिशतले बृद्धी गरी कुल कारोवार ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार १ सय ९८ रुपैया पु¥याएको छ । संस्थाको आ.व. २०७१÷०७२ मा ३ अर्ब २३ करोड ७७ लाख ९७ हजार ४ सय ८७ रुपैया निक्षेप रहेकोमा आ.व. २०७२÷०७३ मा २१ दशमलब १८ प्रतिशतले बृद्धी भई ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैया पुगेको छ ।

कर्जा लगानी तर्फ आर्थिक वर्ष २०७१÷७२ मा २ अर्ब २६ करोड ५१ लाख ३२ हजार २ सय ३९ रुपैया रहेकोमा, चालु आ.व. मा ३४ दशमलब ३५ प्रतिशतले वृद्धी भई ३ अर्ब ४ करोड ३१ लाख ५४ हजार २ सय ३५ रुपैया पुगेको छ । शेयर पूँजी तर्फ २०७१÷७२ को कुल शेयर पूँजी २८ करोड २३ लाख ४४ हजार ९ सय मात्र रहेकोेमा आ.व. २०७२÷७३ मा १३ दशमलब ४९ प्रतिशतले बृद्धी भई ३२ करोड ४ लाख ५३ हजार ९ सय रहेको छ । 
१६ हजार ८ सय ५६ जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालको सर्वाधिक ठुलो गाई फार्म संचालनमा ल्याइएको छ । 

२०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल लि., श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रा.लि., जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रा.लि., भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ । 
संस्थाले निकट भविष्यमा डेरी उद्योग संचालन गर्ने तयारी गरेको छ ।

कार्यक्रममा संस्थाका पाँच वर्ष पुरा गरेका स्थायी कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थिया भने जेष्ठ नागरिक तथा उत्कृष्ठ बचतकर्ताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यबाहक अध्यक्ष अमरदाश श्रेष्ठको अध्यक्षतामा भएका कार्यक्रममा वार्षिकात्सवका अवसर पारी स्वास्थ्य शिविर तथा अन्य रचनात्मक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । 




0 comments

Write Down Your Responses