Powered by Blogger.
बकैया गाउँ अभियान कार्ययोजना एमालेले बनायो

हेटौँडा,२१ मंसिर / नेकपा एमाले मकवानपुरले सुरु गरेको ४ महिने अभियानको क्रममा बकैयाँ गाउँपालिकाको अभियानको लागि योजना निर्माण भएको छ । प्रस्तावित बकैया गाउँपालिकको केन्द्र छतिवनको हात्तिसुडेमा आज भएको अभियान भेलाले बकैया गाउँपालिकाको अभियानको योजना निर्माण गरेको हो । 
अभियान प्रमुख तथा एमाले क्षेत्र नंबर १ इन्चार्ज कमल विष्टको अध्यक्षतामा भएको बैठकले २५ गते छतिवन, २६ गते धियाँल, पुस २ गते शिखरपुर, ५ गते  मन्थली ६ गते ठिंगन गाउँ कमिटिको बैठक गर्ने निर्णय गरेको छ । 
एमाले मकवानपुरका नेता  तथा प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा एमाले मकवानपुरका जिल्ला सदस्य तथा क्षेत्र नंबर १ सह इन्चार्ज अनिल बानीयाँ, जिल्ला सदस्य दलबहादुर वाइवा, प्रेम डिमडुम, क्षेत्रीय अध्यक्ष नारायण तिमल्सिना, निवर्तमान अध्यक्ष बेलप्रसाद दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।   
 बैठकले धियालको संयोजक प्रेम डिमडुम, छतिवनको हरिहर खनाल, शिखरपरको कृष्ण प्रसाद चौलागाई, ठिंगन दलबहादुर वाईवा, मन्थली रामबहादुर गोले लाई अभियान प्रमुख तोकिएको छ ।

0 comments

Write Down Your Responses