Powered by Blogger.
गोगने गाविस पूर्ण खोपयुक्त घोषणा हुँदै

गोगने,२१ मंसिर / मकवानपुरको गोगने गाविसलाई भोलि बुधवार एक कार्यक्रमका विच पूर्ण खोपयुक्त गाविस घोषणा गरिने भएको छ ।  गाविसमा रहेका बालवालिकाहरुलाई सवै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो ।

गोगने गाउँ विकास समितिले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको सामाजिक परिचालक कमल लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुद्धारा साँङगीतिक प्रस्तुतिबाट  जनचेतनामुलक सन्देश प्रवाह गर्र्ने लामाले जानकारी दिनु भयो । सो कार्यक्रममा राष्ट्रिय कलाकार शान्ता परियार,बाबुकृष्ण परियार तथा स्थानिय कलाकार रजनी लामा र सिम्पल सुमनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन ।

गोगने २ मा रहेका  स्वास्थ्य चौकीको प्राङगानमा हुने कार्यक्रम भोलि बुधबार विहान ११ बजेदेखि शुरु हुनेछ  ।

गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गर्न बालबालिकाहरुलाई बि.सि.जि, डि.पि.टि,हेपटाईटिस बी, पोलियो, दादुरा र टि.टि खोप लिईएको हुनुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses