Powered by Blogger.
पिस थाहानगर लायन्स क्लव गठन

थाहानगर÷२६ मंसिर /  उत्तरी मकवानपुरको थाहा नगरमा लायन्स क्लव अफ धादिङ पिस खानीखोलाको स्पोन्सरमा लायन्स क्लव अफ पिस थाहानगर गठन भएको छ । 
शनिबार होटल सुनगाभामा भएको भेलाले डिष्ट्रिक ३२५ बि १ अन्र्तगत गठित क्लवमा सुरेन्द्रमान प्रधानको अध्यक्षता रहेको छ । क्लवको प्रथम उपाध्यक्षमा श्रीराम कार्की, द्वितीय उपाध्यक्षमा विक्रम केसी, तृतीय उपाध्यक्षमा शुभराज गोले, सचिवमा कृष्णप्रसाद दाहाल, सहसचिवमा सुमन विष्ट, कोषाध्यक्षमा राममाया केसी, सहकोषाध्यक्षमा जयराम खत्री चुनिएका छन्् ।
   क्लवको जनसम्पर्क अधिकृतमा कुमार नेगी, सचेतकमा सुजनकुमार रायमाझी, सदस्यता विस्तार संयोजकमा धर्मलाल प्रधान, निर्देशकहरुमा निरज रायमाझी, मनोज रायमाझी, उद्धव विडारी र मोहन कार्की चुनिएका छन्् । क्लवको सल्लाहकारमा भरत गोपाली नियुक्त भएको सचिव दाहालले जानकारी दिए । 
नवगठित क्लवले उत्तरी मकवानपुरलाई समेटेर विभिन्न स्वास्थ्य सिविरहरु संचालन गरी मानवताको सेवामा केन्द्रीत हुने जनाएको छ । क्लवको अगुवाईमा सर्वसुलभ एम्बुलेन्स सेवा र सुविधा सम्पन्न अस्पताल निर्माणको कार्यलाई दीर्घकालीन योजनाको रुपमा राखेर कार्य गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses