Powered by Blogger.
पत्रकार ढकालको निधनप्रति लोकतान्त्रिक छापामाध्यमद्धारा दुःख व्यक्त


काठमाडौँ, २५ मङ्सिर । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदन ढकालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले शुक्रबार एक विज्ञप्ति जारी गरी ढकालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

नेपाली पत्रकारिता जगत्का पुराना एवम् चिरपरिचित पत्रकार ढकालको उपचारका क्रममा ६५ वर्षको उमेरमा निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

समाजले झापा निवासी स्व ढकालको आत्माको चिरशान्तिका कामना गर्दै उहाँको शोक सन्तप्त परिवानजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

लामो समयदेखि निरन्तर कलम चलाउँदै आउनुभएका पत्रकार ढकालको निधनले नेपाली पत्रकारिता क्षेत्रलाई ठूलो क्षति भएको समाजले बताएको छ । 

0 comments

Write Down Your Responses