Powered by Blogger.
एमालेको जनबर्गिय संगठनको बिवाद सकियो ,अनेमसंघको अध्यक्षमा राना, अनेरास्वबियुका अध्यक्ष पौडेलको संयोजकत्वमा आयोजक कमिटि गठन

हेटौंडा, २६ मंसिर / नेपाल कम्युनिष्ट पार्टि एमाले. मकवानपुरले आफ्नो जनबर्गिय संगठन अखिल नेपाल महिला संघ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियनमा देखीएको बिबाद समाधान भएको जनाएको छ । पार्टिका केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहित केन्द्रिय नेताहरुको उपस्थितीमा जिल्लाको कार्यदलको सिफारीसमा पार्टिले हस्तक्षेप गरी बिबाद समाधान गरेको हो ।
अनेमसंघमा पार्बती राना अध्यक्ष रहने गरी पदाधिकारी बाँडफाँड गरीएको छ । जसअनुसार उपाध्यक्षमा मेनुका दाहाल र सिता अधिकारी, सचिबमा सिता बिष्ट र कोषाध्यक्षमा पानीमिरा रानालाई जिम्मेवारी दिने निर्णय भएको नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिईन् । त्यसै गरी यस अगाडि पार्बती रानाको समूहबाट सचिब बनेकी जुना दाहाललाई पार्टिको जिल्ला सदस्यमा मनोनित गरेको छ । 
यता अनेरास्वबियुका जिल्ला अध्यक्ष सन्तोष पौडेलको संयोजकत्वमा आयोजक कमिटी निर्माण गरीएको छ । कमिटिको सचिबको जिम्मेवारी किसन घिसिङलाई दिइएको पार्टिका सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए । बिबाद समाधानको लागि पार्टिका उपाध्यक्ष बद्रि लम्सालको संयोजकत्वमा मोर्चा प्रमुख श्रीधर पोख्रेल र उपसचिब मिना लामा सदस्य रहने गरी कार्यदल निर्माण गरीएको थियो ।
यसैगरी एमालेको केन्द्रिय अभियान संबिधान कार्यान्वयन जन परीचालन ४ महिने अभियान तिब्ररुपमा अगाडि बढेको पार्टिले जनाएको छ । अभियान कार्यान्वयनको लागि जिल्ला तहदेखी गाउँ तहसम्म टोली बनाएर काम सुरु गरीएको अध्यक्ष सिग्देलले बताइन् । 
त्यसैगरी अन्तरपार्टि एकता र गुटबन्दि अन्त्यको लागि पार्टि केन्द्रले सारेको १० बुँदे संकल्प तथा निर्देशनलाई आत्मसाथ गर्दै आगामी दिनमा कुनैपनि गुटबन्दि नगर्ने र केन्द्रमा पनि यसको अनुकरण गर्न आग्रह गरीएको सचिब श्रेष्ठले जानकारी दिए । त्यसै गरी पार्टिको बैठकले संबिधान संसोधनको प्रस्ताबको बिरोध गरेको छ । नेपालको महत्वपूर्ण संबिधान कायान्वयन गर्दै लगि मुलुकलाई समृद्धि तर्फ अगाडि बढाउनुपर्नेमा सरकारले संबिधान संसोधनको प्रस्ताब ल्याएको भन्दै एमाले जिल्ला कमिटिले प्रस्ताबको बिरोधमा केन्द्रले गरेको बिरोध र्कायक्रमलाई अझ अगाडि बढाउन साथ दिने निर्णय गरेको छ । बैठकमा केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पोलिटब्युरो सदस्यद्वय काशिनाथ अधिकारी र अरुण नेपाल, केन्द्रिय सदस्य केदार न्यौपाने, केन्दिंय्र सदस्य एबम् मकवानपुर इन्चार्ज बिरोध खतिवडालगायत ३ नम्बर प्रदेश कमिटि तथा जिल्ला कमिटिका नेताहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses