Powered by Blogger.
मुआब्जा दिएर मात्रै सडक विस्तार गर्नुपर्ने

 हेटौंडा, २६ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको विषयमा हेटौंडाका स्थानीय उद्योगी, व्यवसायी तथा घरधनी सँग छलफल गरेकोछ । पूर्वपश्चिम राजमार्गले छुने बारा र चितवन जिल्लाका सबै स्थानमा सरकारले तोकेको मापदण्ड अनुसार सडक विस्तार भैसकेको अवस्थामा हेटौंडा क्षेत्रको सडक विस्तार भएको छैन । स्थानीयको वास्तविक चाहना र आकांक्षा के छ भनी गरिएको मत तथा विचारमा हेटौंडाबासी विकास विरोधि नभएको र चलनचल्तीको मूल्यमा मुआब्जा एवम् क्षतिपूर्ति दिए २५ मीटर सडक विस्तारमा आफूहरुले बाधा नगर्ने बताएका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेले मुआब्जा सहितको सडक विस्तारमा संघको समर्थन रहेको तर बिना मुआब्जा सडक विस्तार कार्य अघि बढाईए संघकै नेतृत्वमा आन्दोलनको कार्यक्रम गर्ने भेलाले निर्णय गरेकोछ । छलफल कार्यक्रममा स्थानीय घरधनी, व्यवसायीको उपस्थिति रहेको थियो । दशकौं देखि अन्यौलमा रहेको सडक विस्तार नहुदा २५ मीटर भित्रका जग्गा तथा भौतिक संरचनाको किनबेच र बैंकले समेत धितो राख्ने गरेको छैन । यसैगरी मकवानपुर सदरमुकाम हेटौडामा सवारी चापका कारण आवत जावतमा असर गरिरहेकोछ ।

यसै गरी संघले मकवानपुरका प्रहरी प्रमुख बसन्त कुमार लामालाई स्वागत कार्यक्रम गरेकोछ । जिल्लामा आएका जिल्ला स्तरीय कार्यालय प्रमुखहरुको स्वागत गर्ने संघको परम्पराको निरन्तरता दिदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लामाको स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कायैक्रममा प्रहरी उपरीक्षक लामाले व्यवसायीसँग सहकार्य गरेर आफू अघि बढ्ने बताउनु भएको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले हेटौंडा बजारको सवारी चापलाई व्यवस्थित गर्न आग्रह गर्नु भएको थियो । महासचिव महेन्द्र राउतले सञ्चालन गर्नु भएको कार्यक्रममा पूर्व अध्यक्ष उत्तम शर्मा, सदस्य गोविन्द रिजाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । स्वागत कार्यक्रममा संघका सल्लाहकार, कार्य समिति सदस्य, कर्मचारी तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses