Powered by Blogger.
राक्सिराङमा एमाले सुदृढ हुँदै

हेटौँडा–मकवानपुरको राक्सिराङ गाविस वडा नं ८ मा नेकपा एमालेले गाउँ अभियान सञ्चालन गरी घरदैलो चलाउने भएको छ ।
एमालेले जारी राखेको चार महिने अभियानका क्रममा राक्सिराङ ८ निगुरेटारमा समन्वय बैठक राखी अभियानको कार्ययोजना बनेको हो । कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सदस्य तथा राक्सिराङ गाउँ पालिकाका सहसंयोजक नवराज सुवेदीले पार्टीको नेतृत्वमा चलेको सरकार र त्यसले ल्याएका बजेटको चर्चा गर्दै लोकप्रिय कार्यक्रम ल्याएकाले जनतामाझ आफूहरु नांगिने भएकाले सरकार ढालिएको बताए । उनले नयाँ संविधानमा पनि एमालेले घोषणा गरेका थुप्रै बिषयहरु मिलेकाले यो संविधान कार्यान्वयन हुन नदिने खेल भइरहेको बताए ।
कार्यक्रममा जिल्ला सदस्य सुन्तली चेपाङ, सल्लाहकार कृष्णबहादुर चेपाङ, क्षेत्रीय अध्यक्ष हेमलाल उप्रेती, क्षेत्रीय सदस्य शिवकुमार रिजाल लगायतले प्रशिक्षणात्मक मन्तब्य दिएका थिए । अभियानका वडा संयोजक बिशुमान चेपाङको सभाध्यक्षतामा भएको कार्यक्रम युवा संघका क्षेत्रीय अध्यक्ष सुदीप लामाले सञ्चालन गरेका थिए ।

0 comments

Write Down Your Responses