Powered by Blogger.
मार्खुमा एमाले भेला, श्रेष्ठद्धारा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश


मार्खु, २ पुस । मकवानपुर जिल्लाको प्रस्तावित इन्द्रसरोबर गाउँपालिका वडा नं १ मा नेकपा एमालेको ‘संबिधान कार्यान्वयनका लागि  जन परिचालन’ अभियान अन्तरगतको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेकपा एमाले मकवानपुरका पूर्व जिल्ला कमिटी सदस्य एवम् मार्खु अभियान टोली संयोजक डिके पुडासैनीको सभाध्यक्षता एवम सांसद सुभासचन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीमा आस्था राख्ने तथा पार्टी संगठनमा आबद्ध सदस्यहरुलाई पार्टीको चार महिने अभियानका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा अभियान टोली प्रमुख एवम् नेकपा एमाले जिल्ला निर्वाचन कमिटी अध्यक्ष मदन दाहाल, नेकपा एमाले मकवानपुर २ नं. क्षेत्रीय कमिटीका उपाध्यक्ष एवम् कुलेखानी अभियान प्रमुख जीवन लामा, नेकपा एमाले मकवानपुर २ नं.क्षेत्रीय सचिवालय सदस्य एवम् सिस्नेरी अभियान प्रमुख ऋषि पुडासैनी, नेकपा एमाले मकवानपुर लेखा समिति सदस्य लक्ष्मी रिमाल, नेकपा एमाले थाहा नगर कमिटीका उपाध्यक्ष चित्रबहादुर बलामी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मार्खु गाउँ कमिटीका अध्यक्ष झम्कलाल बलामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेकपा एमालेका राजु बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि मनोज श्रेष्ठ लगायत दर्जनौं काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइ कार्यक्रमका सभाध्यक्ष डिके पुडासैनी, कार्यक्रमका प्रमुख अतिथी सुभासचन्द्र ठकुरी, संयोजक मदन दाहाल र अतिथि जीवन लामाले अबिर माला लगाई पार्टीमा प्रबेश गराइएका थिए ।

सोही कार्यक्रममा जनपरिचालन अभियान अन्तर्गत मार्खुमा प्रभावकारी कार्यक्रम सञ्चालनका लागि गठन गरिएको टोलीका प्रमुखहरुलाई प्रमुख जिम्मेवारी दिइएको छ ।

नेकपा एमाले पार्टी केन्द्रिय कमिटीको २०७३ असोज ५–११ गते सम्पन्न सातांै बैठकको निर्णय बमोजिम संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान मकवानपुर जिल्लामा व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न पार्टी जिल्ला कमिटीको २०७३ कार्तिक २९गते सम्पन्न छैटौं बैठकले निर्माण गरेको कार्यायोजना अन्तर्गत भेलाहरु भइरहेका छन् ।  

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने मुल नाराका साथ  नेकपा एमालेको जन परिचालन अभियान मकवानपुर जिल्लाको प्रस्तावित इन्द्रसरोबर गाउँपालिका भरि तीब्र गतिमा संचालन गरिरहेको छ । 




0 comments

Write Down Your Responses