Powered by Blogger.
महिला शक्तिको राष्ट्रिय सम्मेलनको तयारी पूरा

हेटौंडा,२ पौष / नया“ शक्ति नेपाल निकट महिला संगठन महिला शक्ति नेपाल मकवानपुरले राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । शनिबार बसेको महिला शक्ति नेपाल मकवानपुरको बैठकले आगामी पुस ८ र ९ गते चितवनमा राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधिको छनौट गरेको छ । पार्टीले सञ्चालन गरेको घरघरमा नया“ शक्ति अभियानअन्तर्गत व्यापक रुपमा सदस्यता वितरण गरी महिला शक्तिलाई अझ क्रियाशील बनाउने निर्णयसमेत शनिबारको बैठकले गरेको बताइएको छ । महिला शक्ति नेपालकी केन्द्रीय सदस्य तथा मकवानपुर संयोजक पुनम भट्टराईको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सम्मेलनको लागि १० जना प्रतिनिधिकोसमेत चयन गरेको छ । जसमा संयोजक पुनम भट्टराई, कल्पना ठकुरी, सलिना पौडेल, सुनिता मिश्र, तारा अधिकारी, पार्वती सिङ्तान, फूलमाया बिष्ट, सानु लामा, शान्ति लो र राधिका लामा रहेको छन् । यसस“गै राष्ट्रिय सम्मेलनको लागि मकवानपुरले सम्पूर्ण तयारी पूरा गरेको संयोजक भट्टराईले बताइन् ।  

0 comments

Write Down Your Responses