पालुङ जेसीजको अध्यक्षमा अन्जल प्रधान,सम्पूर्ण पदाधिकारी निर्बिरोध निर्वाचित

थाहानगर, पौष ३ ÷ पालुङ जेसीज वर्ष २०१७ को अध्यक्ष पदमा थाहा नगरपालिका–१, ओखरबजार निवासी अन्जल प्रधान निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि शनिवार भएको साधारण सभाबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा दुईको उमेदवारी परेता पनि विजयश्याम अमात्यले प्रधानलाई २०१७ मा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेसंगै आफ्नो उमेदवारी फिर्ता लिएपछि सहज रुपमा प्रधानले २०१७ का लागि पालुङ जेसीजको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।
निर्विरोध निर्वाचित भएका प्रधानले आफूले पालुङ जेसीजको नेतृत्व सम्हालिदा फरक ढंङ्गबाट कार्यगरी आफ्नो वर्षलाई स्वर्णिम वर्षको रुपमा चिनाउने बताए । सन् २००८ देखि जेसीज अभियानमा होमेका उनी वर्ष २०१५ मा उपाध्यक्ष र २०१६ का कोषाध्यक्ष हुन् । जेसीजको कार्यकारी उपाध्यक्षमा सुमन बिष्ट र विजय मल्ल, उपाध्यक्षमा जयराम के=सी=, पूर्णध्वज खत्री, मनोज रायमाझी र उद्धव बिडारी निर्विरोध निर्वाचित भएका छन् । यस अघि कार्यकारी उपाध्यक्षमा उमेदवार दिएका कृष्णप्रसाद दाहाल र किश्वर प्रधान र उपाध्यक्षमा अनिता बिष्टले आफ्नो उमेर फिर्ता लिएको निर्वाचन आयुक्त जर्म श्रेष्ठले बताए ।

0 comments
Write Down Your Responses