Powered by Blogger.
राप्रपा मकवानपुरले क्षेत्रिय,वडा तथा गाँउ एकता भेला पुस १० भित्र सम्पन्न गर्ने

मकवानपुर,४ पौष ÷ प्रजातन्त्रपार्टी र राष्ट्रिय प्रजातन्त्रपार्टि नेपाल बिच जिल्ला स्तरमा पार्टि एकता भए सँगै मकवानपुरमा गाँउ ,वडा तथा क्षेत्रिय स्तरमा पनि एकिकरण हुने भएको छ।
राप्रपा मकवानपरको  बसेको बैठकले यहि पौष १० गते भित्र क्षेत्रिय ,वडा तथा गाँउ एकता सम्पन्न गर्ने निर्णय गरेको हो । राष्ट्रिय रुपमा समग्र राप्रपा पंक्तिमा पलाएको तित्तता र खिन्नताको अन्त्य भएको सन्दर्भमा अव देशलाई थप अन्योल र दुर्घटनाबाट बचाउँन अहोरात्र खटिएर लाग्ने पनि  बैठकले निर्णय गरेको छ। 
 कार्यक्रममा बोल्दै अध्यक्ष रामहरी न्यौपानेले हिजोको बिखण्डन र फुटको पिडाँ बिर्सेर राप्रपालाई जिल्लामा शसक्त ढंगले अगाडि बढाउन प्रयत्नरत रहेको दोहो¥याउनु भयो ।
 पार्टि एकिकरण पस्चात अवको क्षेत्र तथा गाँउ एकताले शिघ्र मकवानपुर जिल्ला लाई  राप्रपामय बनाउने उद्यस्य सहित तिब्र गतिमा एकता गर्न लागिएको राप्रपा मकवानपुरका प्रबक्त शुन्दर बिक्रम शाहिले वताउनु भयो ।
 यसका लागि सबै कार्यकर्ताहरुले नयाँ उत्साह र उमंगका साथ संगठन बिस्तारमा लाग्नुपर्ने पनि उहाँको ठहर छ ।
भेलाले अहिलेको अवस्थामा स्वतन्त्र र मध्यमार्गी भएर बसेकाहरुलाई समन्वय गर्ने, खुल्न नसकेका पंक्तिको ठुलो हिस्सा राप्रपामा ल्याउने र हिन्दुराज्य प्रतिको अडानलाई स्थापित गराउने पनि निर्णए गरेको छ। जिल्ला अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा बैठक बसेको थियो ।

0 comments

Write Down Your Responses