Powered by Blogger.
५ लाख रुपैयाँ बराबरको गाँजा सहित २ जना पक्राऊ

हेटौंडा,  ५ पुष / मकवानपुरको रातोमाटे प्रहरी चेकपोष्ट नजिकै आज मंगलबार विशेष सुराकीका आधारमा ९५ केजी ४०० ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् ।
बिहान ४ बजे रातोमाटे हुँदै बिरगंजतर्फ जाँदै गरेको ना।५ ख।९३३२ नम्बरको ट्रकमा सवार २ जना गाँजा तस्करीलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा उनीहरुले भाग्न  प्रयास समेत गरेका थिए ।
पक्राउ पर्नेमा ट्रकका चालक समेत रहेका सर्लाही ४ हरिवनका २८ वर्षिय महेश आलेमगर र सोही ठाउँका ३८ वर्षिय राज किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ट्रकका धनी राजकिशोर चौधरी हुन सक्ने देखिएको छ । बरामद गरिएको गाँजा अन्दाजी ५ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses