Powered by Blogger.
हेटौडा क्रिश्चियन चर्चद्धारा क्रिसमस तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम

हेटौडा,४ पौष ÷ हेटौडा क्रिश्चियन चर्चको आयोजनामा ख्रीष्टमस २०१६ तथा नव वर्ष इ सं २०१७ को अवसरमा शुभकामना आदान कार्यक्रम भव्य रूपमा हेटौडाको बुद्धचोकमा सम्पन्न गरेको छ । येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको शुभ अवसरमा समाजमा भएका दाजुभाइहरूबीच एक आपसमा शुभकामना आदान प्रदान गर्नको निम्ति आयोजना गरेको सोहि चर्चका रमेश मैनालीले बताउनु भयो ।
बुद्धचोकको खुल्ला मैदानमा गरेको शुभकामना कार्यक्रममा सबै सम्प्रदायलाई समेटेर क्रिसमस डे तथा नव वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन  । हेटौडा क्रिश्चियनका पास्टर दिल ब. लामाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा ख्रिष्टमस सम्बन्धी जानकारीको साथै सांगितिक कोषेली समेत पस्केका थिए ।
पास्टर दिल ब. लामाले येशू ख्रीष्ट नै असल समाचार भएको कुरा बताउँदै आज समाजमा हामीहरू नै असल सन्देश हुने कुरामा उत्साह दिनुभएको थियो । चर्चका जवानहरुले क्रिसमसको बारेमा साँगेतिकबाट जानकारीको साथै संसारमा शान्ति कायम गर्नको लागि येशूमा मात्रै सम्भव हुने कुरामा जोड दिदै मनोरञ्ज समेत प्रदान गरेका थिए ।

0 comments

Write Down Your Responses