Powered by Blogger.
सुचना नदिनेलाई कानून वमोजिम दण्ड सजायँ हुने : बांस्कोटा

मकवानपुर, ८ पौष  / कार्यालयमा आएर सूचना माग्ने सेवाग्राहीलाई सूचना नदिनु गैर कानूनी कार्य हुने भएकाले यस्ता कार्यमा संलग्न भएका व्यक्तिलाई कानून वमोजिम दण्ड सजायँ हुने प्रमुख सूचना आयुक्त कृष्णहरी बांस्कोटाले बताउनु भएको छ । 
आज रौतहटको कार्यक्रमको लागि जाने क्रममा हेटौडामा आयोजना गरिएको पत्रकार  सम्मेलनमा वोल्दै बास्कोटाले नेपालमा कर्मचारीतन्त्र हावि भएको बताउदै सूचनाको हक दिलाउने काममा सूचना आयोग सचेत रहेको र सूचना नदिने जोसुकैलाई कारवाही गरिने  चेतावनी दिनु भयो । 
उहाँले आफ्नो हाल सम्मको अध्यायन अनुसार प्रारम्भिक अर्थात साधारण सुचना  ,मध्याम र कडा सुचना गरि ३ तहको सुचना रहेको भन्दै साधारण सुचना समेत थाहा नपाएरको कयौँ जनताले सास्ती खेपिरहेको भन्दै सूचना लुकाएर होइन बांडेर महान बन्न सबैलाई आग्रह गर्नु भयो । 
उहाँले राज्यले सार्वजनिक गर्न नमिल्ने भनेर किटान गरेका वाहेक अन्य सूचनाहरु माग्न आउने हरेक व्यक्तिलाई ससम्मान सूचना उपलव्ध गराउनु पर्नेमा जोड दिदै राम्रो काम गर्नेलाई पुरस्कारको समेत व्यवस्था लागु गरेको बताउनु भयो । 

0 comments

Write Down Your Responses