Powered by Blogger.
हाँडीखोलामा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजनाको अद्यावधिक गरिँदै

हेटौँडा,८ पौष / हाँडीखोला गाविसमा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजना (लापा) को अद्यावधिक गरिने भएको छ । 
हाँडीखोला गाविस कार्यालयले आयोजना गरेको स्थानीय जलबायु परिवर्तन योजना तथा विपद् जोखिम व्यवस्थापन समितिबीचको कार्यशालाले यस्तो योजना अद्यावधिक गर्ने निर्णय गरेको हो । योजना अद्यावधिक गर्दा केयर नेपाल र ग्रामीण महिला सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने सहमति समेत भएको छ । 
गाविसभित्र रहेको लापा र विपद जोखिम व्यवस्थापन समितिले संयुक्त रुपमा विपद् तथा जलबायु परिवर्तनसम्बन्धी योजनाहरु निर्माण गर्ने र त्यसका लागि केही समयभित्रै संरचना तयार पाaरेर अघि बढ्ने समेत सहमति भएको ग्रामीण महिला सेवा केन्द्रका पोशक भण्डारीले बताए । 
कार्यक्रममा अध्यक्षको तर्फबाट मन्तब्य ब्यक्त गर्दै गाविसका सचिव राजु आचार्यले आगामी गाउँ परिषदमा विपद् जोखिम न्यूनिकरण र जलबायु परिवर्तन नियन्त्रणका लागि लापाले ल्याउने योजनामा बजेट बिनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । 
केयर नेपालका तर्फबाट निरज काफ्ले र देवता रिजालले जलबायु अनुकूलन योजना र विपद् जोखिम ब्यवस्थापन समितिबीच सहकार्यका सम्भावना र चुनौतिहरुका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नागरिकम मञ्चका संयोजकहरु, विद्यालयका प्रतिनिधिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिका पदाधिकारीहरु, लापाका पदाधिकारीहरुसहित केयर नेपालका रुपेन्द्र बस्नेत, ग्रामीण महिला सेवा केन्द्रका तर्फबाट शर्मिला श्रेष्ठ र पोशक भण्डारीको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses