Powered by Blogger.
गोल्डकप व्यस्थित गर्न उपसमिति गठन

हेटौंडा, ८ पौष /  हेटौंडामा यहि पुष १४ बाट सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकपलाई व्यवस्थित ढंगबाट सञ्चालनका लागि सुक्रबार बिभिन्न उपसिमिति गठन गरिएको छ ।

भूकम्पमा परि निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतीमा गठित सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको बैठकले प्रतियोगितालाई व्यवस्थित ढंगबाट सञ्चालनको लागि प्रतिष्ठानका अध्यक्ष भेष खड्गि मुल संयोजक रहेको १४ उपसमिती गठन गरिएको छ ।

प्रतिष्ठानको कार्यालय कर्रामा बसेको बैठकले प्रचारप्रसार व्यवस्थापन उपसमितीको संयोजक राजन दाहाल ‘रसिक’, आर्थिक व्यवस्थापन संयोजक बिनोद महत, सुरक्षा तथा स्वयमसेवक व्यवस्थापन संयोजक सानु लामा, टिम व्यवस्थापन संयोजक दिपेन्द्र ढकाल, टिकट व्यवस्थापन संयोजक डेबिन श्रेष्ठ, स्टेज,अतिथी तथा सचिवालय व्यवस्थापन संयोजक सबिन न्यौपानेलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै बलव्वाई व्यवस्थापन संयोजक, सुबिन घिमिरे, सरसफाई तथा चौंर व्यवस्थापन संयोजक रुपक मगर, खाना तथा आवास व्यवस्थापन संयोजक सुदिप राजवाहक, प्रतियोगिता व्यवस्थापन संयोजक मकवानपुर जिल्ला फुटबल संघ, मुल्याङकन तथा पुरस्कार छनौट संयोजक बिजयलाल श्रेष्ठ, स्थानिय व्यवस्थापन संयोजक राजन खरेल, खानेपानी व्यवस्थापन संयोजक मदन भोम्जन, अनुशासन, मुल्याङकन समिति संयोजक राजन दाहाल ‘खुसराज’ लाई जिम्मेवारी दिएको प्रतियोगिता आयोजक समितिका संयोजक खड्गिले जानकारी दिए ।

0 comments

Write Down Your Responses