Powered by Blogger.
माओवादी केन्द्रको कमिटि गठन तिब्र


मकवानपुर, ९ पौष ÷माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका अन्र्तगत बसामाडी वडा नम्बर २६, २७, २८ र २९ संयुक्त वडाको भेला शनिबार समपन्न भएको छ । भेलाले भावी सम्मेलनका लागि पूर्णबहादुर वाईबा ईन्चार्ज रहेने गरि रुपेश बर्तौला संयोजक र ठेसाङ लामा सहसंयोजक रहने गरी ४५ सदस्यीय संयुक्त वडा आयोजक कमिटि गठन गरिएको हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिह पाख्रिन (पृथक) ले जानकारी दिए । जसको सदस्यहरुमा रविन्द्र भण्डारी, उमा उप्रती, बावुलाल बिक, घनबहादुर लामा, राममाया धुमी, पवनप्रसाद पराजुली लगायत रहेका छन् । संयुक्त वडा बसामाडीका ईन्चार्ज पूर्णबहादुर वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको पोलिटव्यूरो सदस्य एवम् मकवानपूर जिल्ला ईन्चार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा उपमहानगरपालिका सह–ईन्चार्ज ललित घलान, संयोजक कमानसिंह पाख्रिन (पृथक), केन्द्रिय आयोजक समिति सदस्य मानबहादुर लामा, डाक्टर सम्रमट तुम्बाहम्फे, जिलला आयोजक समिति सदस्य भीम थोकर, रोशन गोले लगायतकाको आतिथ्यता रहेको थियो । 
यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा नारायण लाल श्रेष्ठको संयोजकत्व रहने गरि ३५ सदस्यीय आयोजक कमिटि गडन गरिएको छ । जसको सहसंयोजकमा परमानन्द मिश्र, सदस्यहरुमा कमला कार्की, गोपीनि खतिवडा, सम्झना पोखरेल, लोकमान कोईराला, उमा रोक्का, आशिष ढुङ्गाना रहेका छन् । नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर फुामी‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटोंडा यपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डे, सहस.योजक विवेक राई, सल्लाहकार भीमप्रसाद पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses