शैक्षिक महोत्सवको प्रचारप्रसारमा मोटरसाइकल र्याली

बज्रबाराही । बज्रबाराही उच्च माबीले आयोजना गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सबको प्रचारप्रसारका लागि मोटरसाइकल र्याली गरिएको छ ।
शनिवार भूपु विद्याथीहरुका तर्फबाट प्रचार कार्यलाई तिव्रता दिन र्याली आयोजना गरिएको हो । सरस्वती बजारबाट सुरु भएको र्याली पालुङ ओखरबजार, अङ्गारे, फेदिगाउ, घर्तिखोला, शिखरकोट बजार, देउराली हुँदै बाराही चौरमा पुगेर समापन भएको थियो ।
र्यालीका करिव एक सय २० मोटरसाइकल थिए ।
बिद्यालयलाई रास्ट्रकै नमुना सामुदायिक विद्यालय निर्माण तथा क्याम्पस सञ्चालनार्थ यही पुस १५ गतेदेखि २२ गतेसम्म महोत्सव संचालन हुदैछ ।
आइतबार बज्रबाराहीबाट टौखेल, चित्लाङ, पौवाबाट मार्खु, सिम्लाङ, कलंकी हुँदै बज्रवाराहीसम्म त्यस्तै मोटर साइकल र्याली आयोजना गर्ने बताइएको छ ।

0 comments
Write Down Your Responses