Powered by Blogger.
वरिष्ठ साहित्यकार जीसी अस्वस्थ, उपचारका लागि सहयोगको आग्रह


काठमाडौं, २८ मंसिर । विगत एक महिनादेखि उक्त रक्तचाप,सुगर र अल्सरका कारण दुई हप्ता सिभिल हस्पिटलमा उपचार गरी फर्किएका वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. पुनः अस्वस्थ हुनु भएको छ । 

उहॉंको हालै भएको स्वास्थ्य परीक्षणबाट पेटको सानो आन्द्रामा क्यान्सर भएको पत्ता लागेको छ । 

वरिष्ठ चिकित्सक मदनकुमार पिया र डा. निरज जोशीको निगरानीमा उहॉंको उपचार भइरहेको र यसै हप्ता केमोथेरापी शुरु गरिन लागिएकोले मह‘ंगो उपचार खर्च धान्ने आफ्नो आयश्रोत नभएका कारण नेपाल सरकार, बिभिन्न संघसंस्था र शुभचिन्तकहरूबाट आर्थिक सहयोगको अपेक्षा गर्नु भएको जानकारी उहॉंको पारिवारिक सुत्रबाट थाहा हुन आएको छ । 

जी.सी. नेपाली साहित्यका गजल,गीत, मुक्तक र कविता विधाका एक सशक्त हस्ताक्षर हुनुहुन्छ । तीसका दशकदेखि लेखन शुरु गर्नु भएका जी.सी.का हालसम्म तेह्रवटा काव्यकृतिहरू प्रकाशित छन् भने नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाली सेना र नेपाली प्रहरीबाट साहित्यमा सम्मानित, बालमन्दिर साहित्य सम्मान, महाकवि देवकोटा शताव्दी काव्य पुरस्कार, वी.पी.कोइराला स्मृति साहित्य सम्मान, गजलरत्न सम्मानलगायत थुपै्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसक्नु भएको छ । 

दामन पोष्ट परिवार उहाँको स्वास्थ्य लाभको कामना गर्दै उपचार कार्यमा सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछ । 

0 comments

Write Down Your Responses