Powered by Blogger.
पालुङमा तिन वर्षे इन्द्रायणी जात्रा सुरु, तान्त्रिक विधिबाट पुजा आजा हुने


जनक लामा 

पालुङ, २८ मंसिर । मंगलबारबाट पालु स्थित  ईन्द्रायणी माईको ऐतिहासिक ३ वर्षे जात्रा सुरु भएको छ । प्रत्येक ३÷३ वर्षमा उत्तरी मकवानपुरको थाहानगरपालिकाको ईन्द्रायणी चौरमा माईको जात्रा हुने गर्दछ । करिब साढे ३ सय अघि वर्षदेखि ऐतिहासिक जात्रा सुरु भएको अनुमान गरिएको छ । ईन्द्रयणी माईलाई आस्थाको देविको रुपमा लिने गरिन्छ ।

त्यसैले माईको मन्दिरमा गई पुजा आजा गर्नाले आफूले चिताएको पुजा हुने र माईले सबैलाई कल्याण गर्नुहुने जन विश्वास रहि आएको छ । ३ दिन सम्म चल्ले जात्रामा करिब २ देखि ३ लाख मानिसले अवलोकन गर्ने ईन्द्राणी भगवती काला भैरव गुठी संरक्षण समितिले जनाएको छ । 

स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला शुक्रबारसम्म चल्नेछ ।  मेलाको पहिलो दिन इन्द्रायणीचौरमा रथ झार्ने, दोस्रो दिन मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रीक विधि सहितको पुजा हुने गर्दछ ।

मेला अवधिमा थाहा नगरपालिका वडा नम्बर २ का देउला समुदाय र वडा नम्बर ३ का नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् । मन्दिरमा राती पञ्चबली सहितको पुजा हुने हुने गर्छ ।  हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग इन्द्रायणीले बास मागेको किम्वदन्ती छ ।  

पालुङका मानिसहरुले वास दिन नमानेको र देउला गाउँमा पुगेर त्यहाँ बास मागेको बताइन्छ ।  त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने गर्दै  अन्तत उक्त देउला गाँउलाई माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखेको स्थानीय बुढापाकाहरु बताउँछन् । 
  
तीन वर्षे इन्द्रायणी माइको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा संचालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसीर शुक्ल द्वितीयाको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याउँछन् । 

यस वर्ष अलि सहजता होस भनि व्यवस्थापनमा कडा पारिएको समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले बताउनु भएको छ । यस जात्रालाई आफ्नो आफन्त संग भेट हुने अवसरको रुपमा लिई जात्रालाई सभ्य तारिकाबाट सञ्चालनमा सहयोग गरिदिनको लागि श्रेष्ठले सबैलाई आग्रह गर्नु भएको छ । 

जात्राको पहिला दिन ईन्द्राणी भगवती काला भैरव गुठी संरक्षण समिति पालुङ र ईन्द्रायणी जात्रा समिति गोपाली गाउँको पहलमा माईको थान सम्म रथ पु¥याईएको छ । रथ लाई गाउँ परिक्रममा गरि माई स्थान सम्म पु¥याईएको हो । 

त्यसैगरि बुधबार समितिले विधिवत रुपमा पुजा आजा गरेपछि माई प्रति आस्था राख्ने सम्पूर्ण भत्तजनहरुले दिनभरी नै पुजा आजा गर्न पाउने समितिले जनाएको छ । माई प्रति आस्था राख्ने सम्पूर्ण भत्तजहरुलाई मेला भर्न आउनको लागि समितिले आग्रह गरेको छ ।

जात्रामा आग्रा, गोगने, टिष्टुङ, धादिङ हेटौडा, काठमाडौं लगायत मुलुकमा विभिन्न स्थानबाट मेला भर्न आउने गर्दछन् । 

त्यसैगरि जात्राको अवसरमा पालुङ जेसिजले नेपाली चलचित्र छक्का पज्जाको च्यारिटि सो गरेको छ । जात्राको अवसर पारी फिल्म देखाउन लागिएकोले सबैलाई एक मौका भएको पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिब कुमार खत्रीले बताउनु भएको छ ।





0 comments

Write Down Your Responses