Powered by Blogger.
रनवे मोडलमा कुलेखानीका आभास थिङ भिड्दै, एक भोट गर्न हरेक जिल्लावाशीसंग आग्रह


काठमाडौं । मकवानपुर कुलेखानीका स्थायी बासिन्दा आभाष थिङले रन वे मोडल २०१६ मा सहभागिता जनाएका छन् । आगामी पुस ९ गते रोयल व्याङकटमा हुने उक्त प्रतिश्पर्धामामा थिङले करिव ३ दर्जन प्रतिश्पर्धीलाई उछिन्ने योजना बनाएका छन् । 

तर उनलाई विजेता भएको हेर्न चाहने हो भने सबैले भोट दिई सहयोग गर्न उनले आग्रह गरेका छन् । सबैको एक–एक मतको धेरै महत्व हुने भन्दै थिङले ‘जिल्लावाशी एक भाइ–छोराको हैसियतले पनि मकवानपुरेहरुले सहयोग गर्ने अपेक्षा आफूले गरेको’ दामन पोष्ट मार्फत बताए । 

उनलाई भोट दिनका लागि मोबाइलको म्यासेज बक्समा गएर रनवे मोडलको छोटो रुप अंग्रेजीमा आरएम टाइप गरी स्पेस छाडेर थिङको ब्रान्ड नम्बर २ टाइप गरी ३३००१ मा पठाउन सकिनेछ । जति पटक एसएमएस पठाए पनि केही फरक नपर्ने बरु नम्बर बढ्दै जाने थिङ बताउँछन् । 

सानैदेखि संगित, नृत्य तथा मोललिङमा विशेष रुचि भएका थिङ पछिल्लो समय अभिनय, नृत्य तथा संगितको प्रशिक्षण कक्षामा पनि व्यस्त छन् । रनवे बाट प्रतियोगिताका लागि तालिम लिइरहेका उनी सुनिल गोपाली, विवेक श्रेष्ठ, स्नेहा लामा, चाँदनी लामिछाने, कोरियोग्राफर प्रवेश गिरी लगायतको दैनिक प्रशिक्षणले आफुमा आँट र आत्मविश्वास बढाएको बताउँछन् । 

टप टेनमा पर्न सकिएमा डे«ेस अप, वौद्धिक कला प्रदर्शन, सिर्जनात्मकता लगायतका कारण आफू विजेता बन्न सक्ने आशा उनले साँचेका छन् । 




0 comments

Write Down Your Responses