Powered by Blogger.
बज्रबाराहीको शैक्षिक तथा धार्मिक महोत्सवको लागि शनिबार काठमाडौंमा वृहत भेला


काठमाडौँ । दुई हप्ता पछि बज्रबाराहीमा हुँदै गरेको वृहत शैक्षिक तथा धार्मिक महोत्सवको लागि काठमाडौंमा यही शनिवार वृहत भेला हुने भएको छ ।

 बिभिन्न कामको सिलसिलामा थाहा नगरपालिकाबाट काठमाडौँमा आई बसोबास गरिरहेकाहरु बाहेक समग्र जिल्लावाशीको उपस्थिति रहनेगरी भेला आयोजना गरिएको हो । 

त्यसका लागि यही पुस २ गते आगामी शनिबार बिहान ९.३० बजे सोल्टीमोडस्थित दरबार बैंकटमा भेला हुन् आग्रह गरिएको छ । 

थाहा नगरपालिकास्थित बज्रबाराही उच्च माविको पाङगणमा शैक्षिक स्तरोन्नतीका लागि आयोजना गर्न लागिएको शैक्षिक तथा धार्मिक महोत्सवका बारेमा आवश्यक छलफल गर्न भेला आयोजना गर्न लागिएको महोत्सब ब्यबस्थापन समितिका अध्यक्ष महेश्वर सुबेदीले जानकारी दिनुभयो । 

सुबेदीले काठमाडौँमा भएका सबै दलका नेता, व्यवसायी, बुद्धिजिवि, भूपु विद्यार्थी, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरुलाई उपस्थितिका लागि आग्रह गर्नु भएको छ ।

महोत्सब आगामी पुस १५ देखि २२ गतेसम्म  संचालन हुदैछ । 

कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ देखि पर्यटन राज्यमन्त्री इन्द्र बानिया समेतलाई बोलाइएको छ । 

0 comments

Write Down Your Responses