Powered by Blogger.
बज्रवाराहीका भूपु विद्यार्थीहरुको वृहत भेला शनिबार


टिस्टुङ(बज्रबाराही), २० मंसिर । उत्तरी मकवानपुरको थाहानगरमा अबस्थित बज्रबाराही उच्च माबिले भूतपुर्व बिद्यार्थीहरुको भेला गर्ने भएको छ । 

उक्त भेलाका लागि आगामी शनिबार बिहान १० बजे उच्च माविको प्रांगण फर्सिखेलमा सहभागी हुन विद्यालयले सबै विद्यार्थीहरुलाई पत्राचार गरेको छ । 

बिद्यालयले २०७२ सालसम्मको एसएलसी परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्पर्कमा आइ दिन आग्रह समेत गरेको छ ।  सकेसम्म सबै भूपु विद्यार्थीहरुलाई भेला गराइने प्रयार भैरहेको उच्चमाविका प्राचार्य बिष्णु गिरीले जानकारी दिनुभयो । 

बिद्यालयले गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सवको पूर्वसन्ध्यामा बिद्यार्थीहरुको भेला गर्न लागिएको शैक्षि कमहोत्सव व्यवस्थापन समितिका अध्यक्ष महेश्वर सुबेदीले बताउनुभयो ।  

बज्रबाराही उच्च माविलाई राष्ट्रकै नमुना सामुदायिक बिद्यालय निर्माण गर्नुका साथै क्याम्पस संचालनार्थ आगामी पुष १५ गतेदेखि २२ गतेसम्म बृहत धार्मिक महोत्सब आयोजना गरिएको हो । 



0 comments

Write Down Your Responses