Powered by Blogger.
यसबर्षको विश्व विपद् प्रतिवेदन सार्वजनिक


काठमाडौं, २१ मंसिर । सन् २०१५ मा विश्वमा हरेक १ सय १३ जना मध्ये एक जना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेका थिए । सो वर्ष हालसम्मकै सवैभन्दा वढी तापक्रम भएको तातो वर्षको रुपमा रहेको थियो । 

यो कुरा मंगलबार नेपालमा सार्वजनिक गरिएको यसबर्षको विश्व विपद् प्रतिवेदन वल्र्ड डिजास्टर रिपोर्टमा उल्लेख गरिएको छ ।  अन्य देशहरुमा जस्तै विश्व विपद् प्रतिवेदन २०१६ नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । प्रतिवेदनले विपद्पूर्वतयारीमा थप लगानी गर्न विश्वलाई आव्हान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर र गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको  थियो । 

यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ भने नेपालमा सञ्चालित विपद् पूर्वतयारी गतिविधिको झल्को पनि विश्व प्रतिवेदनमा राखिएको छ । विश्व बिपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिसहरु सन् २०१५ को बर्षमा आफ्नो मुलुकमा अन्य देशमा विस्थापित भएका छन् भने ४ करोड भन्दा वढी मानिसहरु आफ्नै देश भित्र संघर्ष तथा हिंसाको कारण स्थानान्तरण हुन पुगेका छन् ।

प्रतिवेदन सार्वजनिकको क्रममा नेपालमा गत भूकम्प पश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्प पूनर्लाभका गतिविधिहरुका विषयमा भूकम्प पुनर्लाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुतिकरण गर्नुभएको थियो । 

कार्यक्रममा रेडक्रस अभियानका तीनवटै अङ्गहरुका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, विभिन्न साझेदार निकायका प्रतिनिधि तथा पत्रकारहरु गरी ५० जनाको सहभागिता रहेको सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।




0 comments

Write Down Your Responses