Powered by Blogger.
संबिधान संसोधन विरुद्ध युवा संघले गर्यो प्रदर्शन



काठमाडौं, २१ मंसिर  । सरकारले अघि सारेको संबिधान संसोधन प्रस्ताव विरुद्ध मंगलबार युवा संघ नेपालले प्रदर्शन गरेको छ । युवा संघ नेपाल काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको प्रदर्शनमा सैंयौं युवा सहभागी थिए ।

उनीहरुले देशलाई बिखण्डन गराउने नियत सहित भारतीय संस्थापनको रोडम्याप अनुसार संबिधान संसोधन प्रस्ताव अघि सारिएको आरोप लगाएका थिए ।

प्रदर्शनपछि आयोजीत कोण सभालाई युवा संघका केन्द्रीय सचिव नरेश शाही र काठमाडौं जिल्ला अध्यक्ष नितेश पौडेलले सम्बोधन गरेका थिए ।

सचिव शाहीले तराई र पहाडको सम्बन्धलाई बिच्छेद गराएर बिखण्डनको योजना अनुसार संबिधान संसोधन प्रस्ताव अघि बढाएको आरोप लगाए । 

काठमाडौं अध्यक्ष नितेश पौडेलले हिमाल, पहाड र तराईको अन्योन्याश्रित सम्बन्धलाई खलल पार्ने गरि आएको संबिधान संसोधन प्रस्तावलाई जनताले अस्विकार गरिसकेको बताएका थिए ।

0 comments

Write Down Your Responses