Powered by Blogger.
मकवानपुर एमालेका होनहार योद्धा अर्यालको निधन, सचिव भट्टराईद्धार आर्यघाटमा अन्तिम श्रद्धाञ्जली


काठमाडौं । नेकपा(एमाले) मकवानपुरका होनहार कार्यकर्ता केदार अर्यालको ४६ वर्षको उमेरमा निधन भएको छ । 

रोजगारीका क्रममा विदेश गएका अर्यालको उतै निधन भएपछि शव नेपाल ल्याएपश्चात बुधबार एमाले केन्द्रीय सचिव योगेश भट्टराईले स्वर्गीय अर्यालको पार्थिव शरिरमा पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

विगत केही महिना यता वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका अर्यालको साउदीमै सवारी दुर्घटनामा मृत्यु भएको थियो । स्वर्गीय अर्याललाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा उनको आफन्जन तथा पार्टी नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

उनीहरुले एक मिनेट मौनधारण गर्दै मृत आत्माको चिर शान्तिको कामना समेत गरेका थिए । आर्यघाटमा सचिव भट्टराई, सांसद तथा ३ नम्बर प्रदेश सदस्य अनन्त पौडेल, जिल्ला कमिटी सदस्य तथा थाहा नगर पालिका र फाखेल गाँउ इन्चार्ज रामचन्द्र बल, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय उपमहासचिव रबिन प्यासी, पूर्व जिल्ला कमिटी सदस्य तथा पूर्व गाविस अध्यक्ष हरि पंडित, हेटौंडा पश्चिम इलाका अध्यक्ष तथा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष शालिकराम पुडासैनी लगायतको उपस्थिति थियो । 

एमालेप्रति निष्ठावान् कार्यकर्ताका रुपमा परिचित रहेका अर्याल गाँउ कमिटीका पूर्व सदस्य थिए । हेटौंडा उपमहानगर पालिका २९ नम्बर वडा नेवारपानीका स्थायी बासिन्दा अर्याल नगर सचिवालय सदस्य देबेन्द्र अर्यालका भाई हुन् । 

अनेरास्ववियुमा सुरुमा काम गरेका स्वर्गीय अर्यालले २०४६ सालको आन्दोलनमा पनि हेटौंडामा सक्रिय भूमिका निर्वाह गरेका थिए । 




0 comments

Write Down Your Responses