Powered by Blogger.
झम्केश्वरीमा धर्म


पालुङ । झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा धर्र्मलाल प्रधान चयन हुनु भएको छ । थाहा नगरपालिका १ ओखर बजारमा रहेको विद्यालयले अभिभावक भेला गरि प्रधानलाई अध्यक्षमा चुनेको हो । 

समिति सदस्यहरुमा अनरङ प्रधान, आरती लामा, सरस्वती जिम्बा र सुसिला प्रधान रहनु भएको छ । त्यसैगरि सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक उद्धबप्रसाद आचार्य र शिक्षक प्रतिनिधिमा हरिशरण लामिछाने रहनु भएको छ । 

सोही विद्यालयमा ३८ वर्ष सम्म कार्यरत रहि अवकास लिनु भएका शिक्षक गंगालक्ष्मी प्रधानलाई अभिनन्दन समेत गरिएको छ । साथै विद्यालयका प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक अवस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

जिल्ला शिक्षा कार्यलय मकवानपुरका स्रोत व्यक्ति ठाकुरप्रसाद बर्तौलाको प्रमुख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष दिपराज लामिछानेको सभाध्क्षतामा सम्पन्न कार्यक्रमबाट समिति गठन गरिएको हो । 

संसोधित ऐन नियामवलीको विद्यालय व्यवस्थापन समिति छनौट प्रकृया अनुसार समिति गठन गरिएको हो । सदस्यहरुको पदावधि ३ वर्षको रहने छ । कार्यक्रम विद्यालयका लेखापाल जर्म श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।




0 comments

Write Down Your Responses